बिहिबार, बैशाख १७, २०८३
Thursday, April 30, 2026
Home Featured News भारत थप अमेरिकी तेल र ग्यास किन्न सहमत, आणविक सम्झौता पाइपलाइनमा

भारत थप अमेरिकी तेल र ग्यास किन्न सहमत, आणविक सम्झौता पाइपलाइनमा

by sambridhaonline

फाल्गुन ०२,पोखरा – भारत थप अमेरिकी तेल र ग्यास किन्न सहमत भएको छ । भारत र अमेरिकाबीचको व्यापार असन्तुलन कम गर्न भारत थप अमेरिकी तेल तथा ग्यास खरिद गर्न सहमत भएको वाशिङटनमा भएको संयुक्त पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउनुभयो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने भ्रमणका क्रममा विशेष गरी उर्जा क्षेत्र प्राथमिकतामा परेको छ । परमाणु ऊर्जामा थप लगानी गर्ने वाचा समेत भएको छ । भारतीय प्रधानमन्त्री मोदीले आफ्नो देशको आणविक ऊर्जा कार्यक्रमलाई अगाडि बढाउन मद्दत गर्न अमेरिका र फ्रान्सबाट महत्त्वपूर्ण समर्थन प्राप्त गर्दै भ्रमण सक्नुभएको छ ।

भारतमा अमेरिकाले डिजाइन गरेको आणविक रिएक्टरहरू निर्माण गर्ने सम्झौता भएको छ । यद्यपि यो प्रविधि अझै ‘प्रारम्भिक चरणमा’ रहेको छ । अमेरिकाले भारतलाई सैन्य हार्डवेअरको बिक्री करोडौँ डलरले बढाउने र एफ–३५ लडाकु जेट समेत दिने जनाएको बीबीसीले उल्लेख गरेको छ । त्यस्तै मोदीले अन्तरिक्ष, प्रविधि र अन्वेषणका बारेमा ट्रम्प निकट एलन मस्कसँग कुरा गरेको समेत बताउनुभएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline