बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News कास्कीमा एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ

कास्कीमा एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ

by sambridhaonline

फाल्गुन १२,पोखरा – कास्कीको माछापुच्छ्रे गाँउपालिका– ८ बाट एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ५९ वर्षका मान बहादुर वि.क. रहेका जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

वि.क.ले अवैध रुपमा हातहतियार तथा खरखजानालुकाई छिपाई राखेको भन्ने गोप्यसूचनाको आधारमा वडा प्रहरी कार्यालय बगर कास्कीबाट खटिएको प्रहरी टोलिले उनलाई शनिबार दिउँसो पक्राउ गरेको हो ।

प्रहरीले उनको घरकोठाबाट अबैध रुपमा राखिएको एक नाले भरुवा बन्दुक २ थान, सोही बन्दुकमा लाग्ने बारुदजस्तो देखिने कालो पदार्थसमेत बरामद गरेको छ ।

पक्राउ परेका विकलाई कास्की जिल्ला अदालतबाट हातहतियार तथा खरखजनासम्बन्धी मुद्दामा ५ दिन म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline