बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News आज तीन वटा प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

आज तीन वटा प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

by sambridhaonline

फाल्गुन १४,पोखरा – महाशिवरात्रीको दिन आज तीन वटा प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आज कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको तथा यी प्रदेशका उच्च पहाडी तथा हिमाली एक/दुई ठाउँमा हल्का हिमपात हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशमा अहिले पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावले धेरैजसो पहाडी क्षेत्रमा मौसम आंशिक बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।

आज मौसम आंशिक बदली भएपनि काठमाण्डौमा पानी नपर्ने महाशाखाका मौसमविद् हरिप्रसाद दाहालले बताउनुभयो ।

आज राति पनि देशको पहाडी क्षेत्रमा मौसम आंशिक बदली रहने अनुमान छ । यसवर्षको हिउँदयाम पर्सि शुक्रवारदेखि सकिँदैछ ।

त्यसअघि भोलि पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव देखिने र दुई दिन भोलि र पर्सि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा हिमपात, असिना र चट्याङसहित वर्षा हुनसक्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

यसको प्रभाव पश्चिम नेपालका धेरैजसो ठाउँ र पूर्वका केही ठाउँमा पर्न सक्ने अनुमान छ । महाशाखाले भोलि र पर्सि मौसममा फेरबदल हुनसक्ने भएकाले आवश्यक पूर्व तयारी र सतर्कता अपनाउन अनुरोधसमेत गरेको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline