बुधबार, बैशाख १६, २०८३
Wednesday, April 29, 2026
Home Featured News १२औं नेपाल लिटरेचर फेस्टिभल २०२५ आजबाट शुरू

१२औं नेपाल लिटरेचर फेस्टिभल २०२५ आजबाट शुरू

सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ द्वारा उद्घाटन

by sambridhaonline

फाल्गुन ११५,पोखारा- पोखरामा १२औं नेपाल लिटरेचर फेस्टिभल २०२५ शुरू भएको छ । फेस्टिभलको उद्घाटन सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले गर्नुभयाे ।

उद्घाटन समारोहमा मन्त्री गुरुङले परिवर्तनका लागि साहित्य एकदमै सशक्त हतियार भएको बताउनुभयाे । ‘यो इनोभेटिज, क्रियटिसन हो । कार्यक्रम धेरै प्रकारका छन् । नेपालमा भइराखेको कार्यक्रममध्ये यो एउटा नौलो कार्यक्रम हो । हाम्रो समाज र युवा पङ्क्ति सबैलाई इनोभेसन, रिसर्चमा कसरी लगाउने भन्ने कुरा महत्त्वपूर्ण छ । धेरै अरूबाट सिक्छौँ । देखासिकी गर्छाैँ । त्यो चिजबाट कसरी मुक्त गर्न सकिन्छ भन्ने कुराको सन्देश यसले पनि दिन्छ भन्ने लाग्छ ।’

बुकवर्म फाउन्डेशनको आयोजनामा भएको फेस्टिभल आउँदाे आइतवार फागुन १८ गतेसम्म चल्नेछ । महोत्सवमा नेपाल तथा अरू देशका गरी दुई सय जनाभन्दा धेरै साहित्यकार, राजनीतिज्ञ, लेखक, कलाकार, पत्रकारलगायतको उपस्थिति रहनेछ । ५० भन्दा बढी छलफल सत्र, अन्तरक्रियात्मक कार्यक्रम, साङ्गीतिक प्रस्तुति र अन्य रचनात्मक कार्यक्रम समावेश छन् ।

महोत्सवमा साहित्यसँग जोडिएका सामाजिक, राजनीतिक, आर्थिक, नवीन प्रविधि, चलचित्रलगायत क्षेत्रका विषयमाथि गम्भीर मन्थन हुने आयोजकले जनाएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline