बिहिबार, बैशाख १७, २०८३
Thursday, April 30, 2026
Home Featured News मृत जनावरहरु किनबेच गर्ने स्याङ्गजाका दुईजना पक्राउ

मृत जनावरहरु किनबेच गर्ने स्याङ्गजाका दुईजना पक्राउ

by sambridhaonline

फाल्गुन १५,पोखरा – मृत जनावरहरु किनबेच गर्ने दुईजनालाई स्याङ्जा प्रहरीले पक्राउ गरेको छ । रेविजको लक्षण देखिएका मृत जनावरहरु किनबेच गर्ने स्याङ्जाको वालिङ् का दुईजनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा वालिङ् नगरपालिका – ५ का ५५ वर्षीय राजेन्द्र बहादुर केसी र ८ का ५० वर्षीय शंसुदिन मिया रहेका छन् ।

केसीले संक्रामक रोग रेवीजको लक्षण देखिएका मृत घर पालुवा जनावरहरु एउटा भैंसी, एउटा भैंसीको पाडो, एउटा बाख्रा र एउटा बाख्राको पाठी बेचेका थिए । मियाले रेवीज रोगको लक्षण देखिएका घर पालुवा जनावरहरु खरिद गरेर वालिङ्बाट भीरकोटतर्फ लैजाँदै गरेको विशेष सूचनाका आधारमा उनले प्रयोग गरेको सवारीसाधनसहित प्रहरीले बरामद गरेको डिएसपी पौडेलले बताए ।

उनले बरामद जनावरहरुमा वालिङ् नगरपालिकाको पशु प्राविधिक टोलीले परिक्षण गर्दा संक्रामक रोग रेवीजको लक्षण देखिएको पुष्टि भएको जानकारी दिए । संक्रामक रोगको लक्षण पुष्टि भएसङ्गै दुईजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुईजनालाई संक्रामक रोग फैलाउन नहुने कसुर मुद्दामा जिल्ला अदालत स्याङ्जाबाट म्याद थप गरेर आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline