बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News देवनारायण अक्षयकोषद्वारा सातौ वार्षिकी तथा तेश्रो स्मृति कार्यक्रम दुर्लुङमा सम्पन्न

देवनारायण अक्षयकोषद्वारा सातौ वार्षिकी तथा तेश्रो स्मृति कार्यक्रम दुर्लुङमा सम्पन्न

कार्यक्रममा एक दर्जन विभिन्न क्षेत्रका व्यक्तित्वको सम्मान तथा दर्जनौलाई आर्थिक सहयोग प्रदान

by sambridhaonline

चैत १०,पोखरा – स्वर्गीय देववहादुर गुरुङ तथा नारायण प्रसाद गुरुङको स्मृतिमा स्थापित देवनारायण अक्षयकोषद्वारा आयोजित “सातौ वार्षिक सभा तथा तृतिय स्मृति कार्यक्रम” शनिवार दुर्लुङमा सम्पन्न भयो । कार्यक्रममा विभिन्न क्षेत्रका दर्जन एक व्यक्तित्वहरुको सम्मानका साथै जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक प्रोत्साहन स्वरुप आर्थिक सहयोग गरिएको छ ।

यसरी सम्मानित हुनेहरुमा नेपाल सरकारका उपसचिव तथा गण्डकी प्रदेशका मुख्य मन्त्रीका स्वीकिय सचिव राजेन्द्र वहादुर क्षेत्री, नेपाल साँस्कितिक महासंघका केन्द्रीय उपाध्यक्ष कृष्ण वहादुर गुरुङ, नेपाली कांग्रेसका गण्डकी प्रदेश सदस्य एवम् सिरुवारी होमस्टेका संयोजक उर्मिला गुरुङ, नेपाल प्रेस युनियन पर्वतका अध्यक्ष उत्तम प्रसाद अधिकारी, नेपाल प्रेस चौतारी पर्वतका अध्यक्ष दिपेश वि.पोखरेल, सञ्चारकर्मी अर्जुन थापा, लालटिन मिडियाका संगिता के.सी., दुर्लुङवाट पहिलो एमविविएस गर्ने सौगात गुरुङ लगायत हुनुहुन्छ । कार्यक्रममा दुर्लुङका विभिन्न विद्यालयवाट उत्कृष्ठ अंक ल्याउने एक दर्जन जेहेन्दार छात्रछात्रालाई नगद पुरस्कार प्रदान गरिएको छ ।

कार्यक्रममा वोल्दै प्रमुख अतिथि नेपाली कांग्रेसका नेता, पुर्व पाटी सभापति नवराज गुरुङले देव वहादुर गुरुङ, नारायण प्रसाद गुरुङले समाजका लागि गर्नु भएको योगदानको अविस्मरणीय रहेको वताउनु भयो । स्वर्गीय गुरुङद्वयको योगदानलाई परिवारले जीवन्त राख्न अक्षयकोषको स्थापना गरेको भन्दै यसवाट सवैले प्रेरणा लिनुपर्ने प्रमुख अतिथिको गुरुङको भनाई थियो । जीवनभर लोकतन्त्र र जनताको लागि आँफू समर्पित भएको तर जनप्रतिनिधीका रुपमा सेवा गर्ने अवसर नमिलेको भन्दै जनप्रतिनिधीका रुपमा सेवा गर्ने अन्तिम ईच्छा व्यक्त गर्नु भयो ।

कार्यक्रममा राप्रपा नेपालको केन्द्रीय सदस्य ईच्छा वहादुर गुरुङले देशमा भौतिक विकास भएता पनि शुसासन कायम हुन नसकेको वताउनु भयो । गण्डकी प्रदेशका मुख्यमन्त्रीका निजि सचिव राजेन्द्र वहादुर क्षेत्रीले गण्डकी प्रदेशले पर्वतको विकासलाई प्राथमिकतामा राखेको वताउनु भयो । नेपाली कांग्रेसका नेता विश्व प्रकाश प्रसाईले दुर्लुङको भौतिक विकासमा धेरै नेताहरुको योगदान रहेपनि गरिव दु:खीका सेवाका लागि देवनारायण अक्षयकोष साहराको रुपमा रहेको वताउनु भयो । समाजका हरेक क्षेत्रलाई समावेश गरी व्यक्तित्व सम्मान तथा जेहेन्दार छात्रछात्रालाई नगद पुरस्कार प्रदान गर्नु सह्रानीय कार्य भएको भन्दै समाजको हरेक दु:खमा गैरसरकारी संस्थाहरुको साथ र सहयोग रँहदै आएको वताउनु भयो । देवनारायण अक्षयकोष समेत सामाजिक संस्थाको रुपमा स्थानीय प्रशासनमा दर्ता भएको भन्दै अक्षय कोष आफ्नो सामाजिक जिम्मेवारीवाट पन्छिन नसक्ने वताउनु भयो ।

नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य उर्मिला गुरुङ, नेपाली साँस्कृतिक महासंघका केन्द्रीय उपाध्यक्ष कृष्ण वहादुर गुरुङ, नेपाली काँग्रेस पर्वतका उपसभापतिद्वय चुडामणी शर्मा, शिव प्रसाद सुवेदी, सचिव गुप्तनिधी शर्मा, सहसचिव तिलक भुषाल, महासमिति सदस्य खगेन्द्र प्रसाद तिवारी, कांग्रेस नेता राम शर्मा पौडेल, , कुनपा ३ का वडा अध्यक्ष तेज प्रसाद शर्मा, नेपाली कांग्रेसका स्थानीय नेता शंकर गुरुङ लगायतले स्वर्गीय देवनारायण गुरुङप्रति श्रद्धासुमन व्यक्त गर्दै अक्षयकोषकाे सामाजिक कार्यको सह्राना गर्नु भयो ।

कार्यक्रम अक्षयकोषका अध्यक्ष प्रितम गुरुङको अध्यक्षता तथा स्वागतमा सम्पन्न कार्यक्रमको सञ्चालन विश्व हिन्दु महासंघ पर्वत शाखाका सचिव एवम् कोषका सदस्य वालकृष्ण शर्माको सञ्चालनमा सम्पन्न भएको रेडियो समृद्ध सहकर्मी खिममायाँ पाईजाद्वारा प्रेषित समाचारमा जनाईएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline