बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको छैटौं वार्षिक साधारण सभा पर्वत कुश्मामा सम्पन्न

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको छैटौं वार्षिक साधारण सभा पर्वत कुश्मामा सम्पन्न

साधारण सभाद्वारा अध्यक्ष सावित्री खत्री क्षेत्री लामिछानेद्वारा प्रस्तुत वार्षिक कार्यक्रमको साथै सञ्चालक समितिवाट प्रस्तुत प्रस्तावहरु सर्वसम्मतीले पारित

by sambridhaonline

चैत १०,पोखरा – नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको छैंटौ वार्षिक साधारण सभा आईतवार कुश्मावजारमा सम्पन्न भएको छ ।

साधारण सभाले संस्थाका अध्यक्ष सावित्री खत्री क्षेत्री लामिछानेद्वारा सामान्य प्रस्ताव अन्र्तगत प्रस्तुत आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन सर्वसम्मतीले पारित गरेको छ भने सञ्चालक समितिको तर्फवाट कम्पनी सचिव कमल प्रसाद शर्माद्वारा प्रस्तुत २०८१ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाव र सोही अवधीको नगद प्रवाह विवरण तथा सो संग सम्वन्धित अनुसुचीहरु सहितको आर्थिक प्रतिवेदन माथि दफावार छलफल गरी सर्वसम्मतीले पारित गरेको छ । सामान्य प्रस्ताव अन्र्तगत सभामा संस्थाका सञ्चालक एवम् आन्तरीक लेखा परीक्षण समितिका संयोजक दुर्गा वहादुर शाहवाट प्रस्तुत आर्थिक वर्ष २०८१/०८२ को लेखा परिक्षणको लागि श्रेष्ठ एण्ड न्यौपाने एशोसियट्स चार्टड एकाउण्टेन्ट कम्पनीलाई लेखा परीक्षक नियुक्ती गरी मुल्य अभिवृद्धि कर सहित चार लाख वाउन्न हजार पारिश्रमिक स्वीकृत गरियोस भन्ने सञ्चालक समितिको तर्फवाट प्रस्तुत प्रस्तावलाई सर्वसम्मतीले पारित गरेको छ । यसरी चौंथो सामान्य प्रस्तावको रुपमा सञ्चालक समितिवाट प्रस्तुत आर्थिक वर्ष २०८०/०८१ सम्मको संचित मुनाफा रकमवाट वोनश शेयरमा लाग्ने कर वापत शुन्य दशमलव २५ प्रतिशत मात्र नगद लाभांश स्वीकृत गरेको छ ।

साधारण सभाले विभिन्न पाँचवटा विशेष प्रस्तावहरु सर्वसम्मतीले पारित गरेको छ । जस अन्र्तगत २०८१ असार मसान्तमा कायम चुक्ता पुँजी २५ करोड ५० लाखको १४ दशमलव २५ प्रतिशत वोनस शेयर स्वीकृत गरेको छ । यसै गरी सभाले वोनस शेयर वितरणसंगै संस्थाको पुँजीमा वृद्धि भई चुक्ता पुँजी २९ करोड १३ लाख ३७ हजार ५ सय पु¥याउने प्रस्तावलाई सभाले पारित गरेको छ । पुँजीवृद्धिसंगै संस्थाको प्रवन्धपत्रको ६ (ख) र (ग) मा शंसोधन गर्ने प्रस्ताव पारित गरेको छ भने अन्य इजाजत प्राप्त कुनै एक वा एक भन्दा वढि उपर्युक्त लघुवित्त वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने÷गाभिने वा प्राप्ती गनै ढोका खुल्ला राख्दै सो सम्वन्धि आवश्यक सम्पूर्ण कार्य गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ । साधारण सभाको निर्णय वमोजिम संस्थाको प्रवन्धपत्र, विनियमावलीमा गरिएको शंसोधन सम्वन्धमा कुनै नियमनकारी निकायवाट कुनै शंसोधन तथा फेरवदल वा परिमार्जन वा थपघट गर्नको लागि निर्देशन वा सुझाव प्राप्त भएमा सो वमोजिम गर्न गराउनको लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि सर्वसम्मतीले पारित भएको छ । साधारण सभामा विविध तर्फ कोही कसैवाट कुनै प्रस्ताव पेश हुन नआएको वताईएको छ ।

सभामा संस्थाका अध्यक्ष सावित्री खत्री क्षेत्रीले लघुवित्त क्षेत्रमा विद्यमान वाधा, अडचन र चुनौतीहरु यस संस्थाले पनि भोगेको वताउदै चुनौतीको सामना गर्दै अगाडी वढन समिति प्रतिवद्ध रहेको वताउनु भयो । संस्थाको वित्तीय स्वस्थतामा पछिल्ला दिनमा आएको ह्रासलाई समितिले संवेदनशिल रुपमा लिएको भन्दै अध्यक्ष लामिछानेले कमजोरीलाई सुधार्दै गुणस्तर अभिवृद्धि गर्नु सञ्चालक समितिको पहिले प्राथमिकतामा रहेको उहाँको भनाई रहेको छ । संस्थाका आन्तरीक कमजोरीलाई संस्था तहमा र लघुवित्त क्षेत्रमा विद्यमान कमजोरीलाई सुधार गर्न सम्पूर्ण संस्थाहरु मिलेर अगाडी वढनु पर्नेमा अध्यक्ष लामिछानेले जोड दिनु भएको छ । विपन्न समुदायको प्रभावकारी सेवालाई केन्द्र विन्दुमा राख्दै शेयरधनिको लगानीको सुरक्षा र उचित प्रतिफलको लागि सदा क्रियाशिल रहने उहाँको प्रतिवद्धता रहेको छ ।
संस्थाका संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाईले सभालाई शंवोधन गर्दै समुदाय स्तरमा गरिवी न्यूनिकरण गर्न लघुवित्त संस्थाहरुको अहम भुमिका रहेको भन्दै यस क्षेत्रको योगदानलाई राज्य र सरोकारवाला निकायले उचित शंवोधन गर्न नसकेको वताउनु भयो । लघुवित्त विना समाजका आर्थिक गतिविधी चलायमान हुन नसक्ने भन्दै हाल लघुवित्त क्षेत्रप्रति चारैतिरवाट प्रहार भएको उहाँको भनाई थियो । लघुवित्तवाट कर्जा लिने, कर्जाको दुरुपयोग गर्ने तथा कर्जा तिर्नुको सट्टा सडकमा आन्दोलन गर्ने परिवाटीले यस क्षेत्रमा समस्या र वाधा अडचन वढेको भन्दै समस्यालाई धैर्यतापुर्वक समाधान गर्न सञ्चालक, व्यवस्थापन लाग्नुपर्ने उहाँको भनाई छ । संस्थापक अध्यक्ष प्रसाईले सञ्चालकको प्रतिष्ठाको सवाल, व्यवस्थापनको रोजगारीको सवाल र लगानीकर्ताको लगानीको सुरक्षा र प्रतिफलको सवाल भएकोले सवै पक्षहरु मिलेर लघुवित्त क्षेत्रको समस्या समाधानमा जुटनु पर्नेमा जोड दिनु भएको छ । कर्मचारीको उत्साह र लगनशिलता विना लघुवित्त क्षेत्रमा सुधार ल्याउन नसकिने भन्दै संस्थाले कर्मचारीको वृत्ति विकासमा विशेष ध्यान दिनुपर्ने उहाँको भनाई छ । आँफूले २५ वर्ष लघुवित्त क्षेत्रमा योगदान गरेको भन्र्दै संस्थालाई आवश्यक परेमा स्वयम्सेवी रुपमा जुनसुकै साथ र सहयोग दिन पछि नपर्ने प्रसाईको प्रतिवद्धता रहेको छ ।
वार्षिक साधारण सभा संस्थाका अध्यक्ष सावित्री खत्री क्षेत्री लामिछानेको अध्यक्षता, सञ्चालक रेमश वहादुर खत्रीको स्वागत, कायममुकायम कार्यकारी प्रमुख युधिष्ठिर शर्मा भुषालको धन्यवाद एवम् सहायक एचआर अधिकृत इश्वरी प्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको संस्थाका सञ्चालकद्वय रत्न प्रसाद अधिकारी र एन्जल श्रेष्ठले रेडियो समृद्धलाई जानकारी दिनु भयो ।
वि.सं. २०७५ माघ २९ गते नेपाल राष्ट्र बैंकवाट वित्तीय कारोवार गर्ने नेष्डो लघुवित्त वित्तीय संस्था लिमिटेडले देशका १३ जिल्लाका ७७ हजार घरधुरीलाई लघुवित्तीय सेवा दिंदै आएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline