चैत्र १४ पोखरा – पोखरा महानगरपालिका-४ चिप्लेढुंगास्थित डाँडाघरे दोहोरी साँझमा आगलागी भएको छ ।
बिहीबार बिहान ५ बजे लागेको आगोले कुनै मानवीय क्षति भने भएको छैन । पोखरा-११ रानीपौवा बस्ने रामकृष्ण श्रेष्ठले संचालन गरेको दोहोरीमा आगलागीबाट झ्याल, ढोका, फ्रिज, फर्निचर, मदिरालगायत सामान जलेर नष्ट भएका छन् । विद्युत सर्ट भएर आगो लागेको अनुमान छ ।
दोहोरीमा आगलागी भएको सूचना पाउनेबित्तिकै घटनास्थलमा तत्काल दमकल पुगी प्रहरी र स्थानीयको सहयोगमा ०५:४५ बजे आगो पूर्ण नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी निरीक्षक अविनाशदीप जि.सीले जानकारी दिए ।
घटनाको थप अनुसन्धन भइरहेको प्रहरीले जनाएको छ ।