शुक्रबार, बैशाख २५, २०८३
Friday, May 8, 2026
Home Featured News रास्वपा सहमहामन्त्रीबाट सुमना श्रेष्ठको राजीनामा

रास्वपा सहमहामन्त्रीबाट सुमना श्रेष्ठको राजीनामा

by sambridhaonline

बैशाख ४,पोखरा – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सहमहामन्त्री सुमना श्रेष्ठले पदबाट राजीनामा दिनुभएको छ । पार्टी सभापति रवि लामिछाने पक्राउ पर्नुअघि बसेको रास्वपाको केन्द्रीय समिति बैठकमा दिएको राजीनामाबारे आजको केन्द्रीय समिति बैठकमा छलफल हुने रास्वपाले जनाएको छ ।

अदालतको आदेशमा धरौटीमा छुटेर आएपछि उपस्थित भएको पहिलो बैठकमा सभापति रवि लामिछानेले पार्टीको व्यापक पुनर्संरचना गर्ने बताएलगत्तै सुमनाले सहमहामन्त्री पदबाट राजीनामा दिनुभएको थियो । तर लामिछाने सहकारी ठगीमा उच्च अदालतको आदेशबाट पक्राउ परेपछि श्रेष्ठको राजीनामाबारे थप कारबाही भएको थिएन ।

रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले संसदीय मोर्चामा नै सक्रियताका साथ लाग्ने भनेर श्रेष्ठले दिएको राजीनामा स्वीकार भइनसकेको बताउनुभएको छ । रास्वपामा कबिन्द्र बुर्लाकोटी कार्यवाहक महामन्त्री र सुमनासँगै विपिन आचार्य सहमहामन्त्री छन् ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline