बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News पाल्पामा जीप दुर्घटना ३ जनाको ज्यान गयो, २ जना घाइते

पाल्पामा जीप दुर्घटना ३ जनाको ज्यान गयो, २ जना घाइते

by sambridhaonline

बैशाख १५,पोखरा – पाल्पामा गएराति जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । राति १० बजेको समयमा असारेबाट ठुलापोखरीका लागि छुटेको लु १ ज २३७७ नम्बरको जीप अनियन्त्रित भई सडकबाट अन्दाजी दुई सय मिटर तल खस्दा दुर्घटनामा परेको हो ।

रैनादेबी छहरा गाउँपालिका १ सिद्धेश्वर असारेमा रहेको भित्रि कच्ची सडकमा भएको दुर्घटनामा एउटै गाउँका तीन जनाको ज्यान गएको छ । दुर्घटनामा रैनादेबी छहरा गाउँपालिका १ असारेका २३ वर्षीय जनक रेगामी, ३६ वर्षीय दिपेन्द्र बुढा र ३१ वर्षीय चेतनारायण विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

दुर्घटनामा घाइते भएका चालक २७ वर्षीय रन्जन रेश्मी र २३ वर्षीय सरोज बुढाको तानसेनमा रहेको युनाईटेड मिशन अस्पताल पाल्पामा उपचार भइहेको छ । अस्पतालका अनुसार चालक रेश्मीको अवस्था गम्भीर छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline