बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News कक्षा १२ को परीक्षा आजदेखि सुरु

कक्षा १२ को परीक्षा आजदेखि सुरु

by sambridhaonline

बैशाख २१,पोखरा – कक्षा १२ को परीक्षा आजदेखि शुरु हुँदैछ । गएको वैशाख ११ गतेदेखि हुने भनिएको परीक्षा शिक्षक/कर्मचारीलगायतको आन्दोलनका कारण १० दिन सरेको थियो । आजदेखि शुरु हुन लागेको परीक्षामा पाँच लाख ११ हजारभन्दा धेरै परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बोर्डले पाँच हजार दुई सय दुई विद्यालयका विद्यार्थीको परीक्षाका लागि एक हजार पाँच सय ९१ परीक्षा केन्द्र तोकिएको जनाएको छ । बिहान ८ बजेदेखि शुरु हुने परीक्षामा आज पहिलो दिन नियमित विद्यार्थीको अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ ।

परीक्षा ११ बजेसम्म चल्नेछ । परीक्षामा मोबाइल फोन, स्मार्ट घडीलगायत इलेक्ट्रोनिक्स डिभाइस लैजान निषेध गरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले सूचना निकालेर परीक्षा हलमा मोबाइललगायतका सामाग्री लैजान नपाइने जनाएको हो । परीक्षा हलमा मोबाइल लगिए जफत गरी कानूनी कारबाहीको प्रक्रिया अघि बढाइने र ती परीक्षार्थीको सबै परीक्षा रद्द गरिने बोर्डले चेतावनी दिएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline