बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News स्याङ्जामा सवारीसाधन चालकलाई लापसे चेकजाँच सुरु

स्याङ्जामा सवारीसाधन चालकलाई लापसे चेकजाँच सुरु

पहिलो दिनमै ३० जना जाँच्दा तीन जनाले सेवन गरेको पुष्टि

by sambridhaonline

जेष्ठ ७,पोखरा – स्याङ्जामा निजी तथा सार्वजनिक सवारीसाधन चलाउने चालकहरुलाई लागूपदार्थ सेवन गरे वा नगरेको थाहा पाउनका लागि लापसे चेकजाँच अभियान सुरु गरिएको छ ।

मंगलबार पुतलीबजार नगरपालिका – १ सिद्धार्थ राजमार्गस्थित विष्णुपधेंरा बसपार्कमा लागूपदार्थ सेवन चेकजाँच अभियानको पहिलो दिनमै प्रहरीले तीनजना चालकहरुले लागूपदार्थ सेवन गरी सवारीसाधन चलाइएको फेला पारेको थियो ।

पहिलो दिनमा करिब ३० जना सवारी चालकहरुको लापसे चेकजाँच गर्दा तीन जना चालकहरुले लापसे गरेको पाइएकोले नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रशन्न राज चौधरीले जानकारी दिए ।

स्याङ्जाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दधिराम न्यौपानेले सडक दुर्घटना न्यूनीकरण एवं यात्रालाई थप सुरक्षित, मर्यादित र भरपर्दो बनाउने उद्देश्यले यो अभियानको सुरुवात गरिएको बताए । ‘यात्रा तथा यात्रुहरू सुरक्षित हुन् भन्ने हाम्रो चाहना हो । यसलाई सुरक्षित, मर्यादित र भरपर्दो बनाउँदा यात्रा तथा यात्रुहरु सबै सुरक्षित हुन्छन्’, एसपी न्यौपानेले भने, ‘आगामी दिनमा यो लापसे चेकजाँच अभियानलाई निरन्तरता समेत दिन्छौं ।’

सवारीसाधन चालकहरुलाई मल्टी ड्रग टेस्ट किटबाट परीक्षण गरिएको थियो । उक्त किटबाट लापसे गरे नगरेको भनेर पाँच मिनेटमै थाहा हुन्छ । लागूपदार्थ सेवनको परीक्षणका क्रममा भने पिसाब परीक्षण गरिन्छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline