बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News प्रधानमन्त्री कप भलिबल भोलिदेखि पोखरामा शुरू हुँदै

प्रधानमन्त्री कप भलिबल भोलिदेखि पोखरामा शुरू हुँदै

by sambridhaonline

जेष्ठ ७,पोखरा – नवौं संस्करणको ‘प्रधानमन्त्री कप – एनभीए महिला तथा पुरुष भलिबल क्लब लिग’ भोलिदेखि पोखरामा शुरू हुँदैछ । नेपाल भलिबल क्लब (एनभीए) को आयोजनामा हुने प्रतियोगिता आउँदो १५ गतेसम्म चल्नेछ ।

प्रतियोगितामा पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, कोशी प्रदेश, गण्डकी प्रदेश भलिबल सङ्घ, सुदूरपश्चिम प्रदेश र मणिमुकुन्द भलिबल क्लब गरी ८ वटा टिम सहभागी छन् ।

यस्तै महिलातर्फ एपीएफ, त्रिभुवन आर्मी, नेपाल पुलिस, न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब, एभरेस्ट भलिबल क्लब र कर्णाली प्रदेश गरी ६ वटा टिम सहभागी छन् ।

प्रतियोगिताको विजेताले काभा भलिबल क्लब च्याम्पियनशिपमा खेल्ने मौका पाउनेछ । दुवैतर्फका विजेताले ८ लाख, उपविजेताले ४ लाख र तेस्रो हुने टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

यसैबीच भलिबल सङ्घका अध्यक्ष जीतेन्द्रबहादुर चन्दले प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिनुभएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline