शनिबार, बैशाख १९, २०८३
Saturday, May 2, 2026
Home Featured News नवलपुरमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु, एक गम्भीर घाइते

नवलपुरमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु, एक गम्भीर घाइते

by sambridhaonline

जेष्ठ १३,पोखरा – नवलपरासी (पूर्व)को मध्यविन्दु नगरपालिका–७ मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।

आज बिहान ६ बजे चोरमारातिर आउँदै गरेको लु९प८११६ नम्बरको मोटरसाइकल मध्यविन्दु अम्रसा जंगलको भित्री बाटोमा दुर्घटना भएको हो ।

दुर्घटनामा मध्यविन्दु– ७ चोरमाराका २४ वर्षीय नवीन कुमाल र सोही ठाउँका २२ वर्षीय रादिम मिधुनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

पश्चिम नवलपरासीको बर्दाघाट नगरपालिका–५ घर भई चोरमारामा टायल–मार्बल सम्बन्धी मिस्त्री काम गर्ने २८ वर्षीय मनिष घर्तीमगर गम्भीर घाइते भएका छन् ।

उनलाई थप उपचारको लागि मेडिकल कलेज भरतपुर रिफर गरिएको छ ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline