बिहिबार, बैशाख १७, २०८३
Thursday, April 30, 2026
Home Featured News नेपाल र हङकङबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल बराबरीमा

नेपाल र हङकङबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल बराबरीमा

by sambridhaonline

जेष्ठ २३,पोखरा – नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा घरेलु टोली हङकङसँग गोलरहित बराबरी खेलेको छ । सो कोन पोमा रहेको हङकङ रङ्गशालामा हिजो बेलुका भएको खेलमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल बराबरीमा टुङ्गिएको हो । नेपालले हङकङसँग ३७ वर्षपछि खेलेको हो ।

यसअघि नेपालले सन् १९८८ मा काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा खेलेको थियो । त्यो खेल पनि बराबरीमा सकिएको थियो । आउँदो मङ्गलवार २०२७ एएफसी एशिया कप छनोटको तेस्रो चरणअन्तर्गत आफ्नो दोस्रो खेलमा हङकङले भारतसँग खेल्दैछ ।

त्यही दिन नेपालले लाओससँग पनि खेल्ने तालिका छ । यही खेलको तयारीस्वरुप हङकङले मैत्रीपूर्ण खेलमा नेपाललाई बोलाएको हो । छनोटको आफ्नो पहिलो खेलमा समूह ‘सी’ मा रहेको हङकङले सिंगापुरसँग गोलरहित बराबरी खेलेको थियो । नेपाल भने मलेशियासँग २–० ले हारेको थियो ।

फिफा वरीयतामा नेपाल १७५ औं स्थानमा रहँदा हङकङ नेपालभन्दा २२ स्थान माथि १५३ औं स्थानमा रहेको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline