बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News श्रीमानको शंकास्पद मृत्युपछि श्रीमती पक्राउ

श्रीमानको शंकास्पद मृत्युपछि श्रीमती पक्राउ

कर्तव्य ज्यान मुद्दामा १० दिनको म्याद थप, थप अनुसन्धान जारी

by sambridhaonline

साउन ९,पोखरा – स्याङ्जाको वालिङ् नगरपालिका -८ कटेज नमुनाटोलमा वि.सं. २०८० साल वैशाख २२ गते भएको ४९ वर्षीय खुमानन्द लामिछानेको मृत्यु प्रकरणमा नयाँ मोड आएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा मृतकको श्रीमती रञ्जिता लामिछानेको संलग्नता देखिएपछि जिल्ला अदालत स्याङ्जाबाट पक्राउ पुर्जी जारी भएको थियो ।

पक्राउ पुर्जीका आधारमा २०८२ साल साउन ८ गते वडा प्रहरी कार्यालय वालिङबाट खटिएको विशेष टोलीले उनलाई वालिङ् -८ स्थित वालिङमोडबाट लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।

हाल रञ्जिता लामिछानेलाई कर्तव्य ज्यान मुद्दामा १० दिनको म्याद थप गरि थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिनुभयो ।

प्रहरीले घटनाको गम्भीरता हेरेर अनुसन्धानलाई अझ सघन बनाएको जनाएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline