साउन ११,पोखरा – राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल पर्वत शाखाले नारीहरुको महान पर्व हरितालिका तिज-२०८२ को कोशेली स्वरुप “आमाको संझना” वोलको तिज गित वजारमा ल्याएको छ । गत वर्ष काली पसम्ला वोलको गितले अत्यन्त लोकप्रियता हासिल गरे पश्चात् प्रतिष्ठान पर्वतले यो दोश्रो प्रस्तुती वजारमा ल्याएको हो ।
सर्जक तथा कलाकार कृष्ण कँडेलको शव्द सृजना, सन्तोष सुवेदीको लय संयोजन, अर्जुन थापाको निर्देशन तथा एलेक्स कमलको छायांकनमा वनेको गितमा प्रतिष्ठान पर्वत शाखाका अध्यक्ष पुजा कार्की शर्मा,ड लोकप्रिय गायिकाहरु सरस्वति लामिछाने, मन्जु विश्वकर्मा, शोभा परियार, सलिना गुरुङ, देवी सुनाम, शोभा रिमाल लगायतले स्वर दिनु भएको छ । गितको भिडियो पर्वत कुश्मा स्थित शताव्दी घरमा छायांकन गरिएको छ भने श्रव्य दृश्यमा समेत पर्वतकै कलाकार तथा सामाजिक क्षेत्रका अग्रणी नारीहरुको सहभागिता रहेको छ ।
गितको शनिवार पर्वत कुश्मा स्थित युनिभर्षल पाटी प्यालेसमा आयोजित एक भव्य र सभ्य समारोहका विच सार्वजनिक गरियो । आर.सी. पौडेल युट्युव च्यानलवाट सार्वजनिक भएको गित “आमाको संझना” को सामाजिक अभियान्त, सोसल ग्रुप अफ नेष्डोका संस्थापक अध्यक्ष एवम् नेपाली कांग्रेस पर्वतका युवा नेता विश्व प्रकाश प्रसाईले पहिलो प्रशारण शुभारम्भ गरि विमोचन गर्नुभयो ।
गितको विमोचनसँगै प्रमुख अतिथिको आसनवाट वोल्दै विश्व प्रकाश प्रसाईले वजारमा व्यक्तिगत रुपमा सर्जक र कलाकारका धेरै सृजना आउने गरेको तर प्रतिष्ठान पर्वतले संस्थागत रुपमा सृजना पस्कनु सह्रानीय संस्थागत कार्य भएको वताउनु भयो ।
स्थानीय सर्जक, स्थानीय कलाकार, स्थानीय प्रविधि र प्राविधिकवाट स्थानीय समुदायमा नै सृजना गरिएको “आमाको संझना” सम्पुर्ण नेपालीकाे विच लोकप्रिय वन्ने विश्वास व्यक्त गर्नु भयो । अहिलेको तिजमा जहाँ नाचगान हुन्छ, त्यहाँ आमाको संझना वोलको गित वज्ने भन्दै गितको प्रवर्धनका लागि सवैले सहयोग गर्नुपर्ने वताउनु भयो । असल सामाजिक कर्म राजनीतिक विचार, सामाजिक एवम् वर्गिय विभेद भन्दा माथि हुने भन्दै प्रमुख अतिथि प्रसाईले सामाजिक तथा मानवीय सेवा कार्यको लागि सवैलाई साथ र सहयोग दिन आफू तत्पर रहेको उहाँको भनाई थियो ।
कार्यक्रममा प्रतिष्ठानका संस्थापक अध्यक्ष चित्र सागर श्रेष्ठ, पुर्व अध्यक्ष दिपक गोदाल, साँस्कृतिक संघका जिल्ला अध्यक्ष शिव पुरी, ईनरह्वील क्लव अफ पर्वतका सुजता वि. पौडेल, फोटोग्रफर संघका अध्यक्ष विजय शर्मा लगायतले सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।
गितको विमोचन कार्यक्रम राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान पर्वत शाखाको अध्यक्ष पशुपति कार्की शर्मा पुजाको अध्यक्षता, शाखाका उपाध्यक्ष सन्तोष सुवेदीको स्वागत एवम् शाखाका सहसचिव अर्जुन थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।