आइतवार, बैशाख ६, २०८३
Sunday, April 19, 2026
Home Featured News तनहुबाट लागूऔषधसहित एक जना पक्राउ

तनहुबाट लागूऔषधसहित एक जना पक्राउ

by sambridhaonline

साउन १४,पोखरा – तनहुँ प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित पृथ्वी राजमार्गको सडक खण्डमा विशेष जाँचका क्रममा लागूऔषधसहित पोखरा महानगरपालिका–१६ बस्ने २४ वर्षिय सन्तोष तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरी टोलीले सवारी साधन तथा शंकास्पद व्यक्तिहरूको निगरानी गर्दै खोजतलास गर्ने क्रममा ती युवकको साथबाट लागूऔषध बरामद गरेको हो । प्रहरीले ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल लेखिएको ८४ पत्ता, अर्थात् ८ सय ४० वटा क्याप्सुल फेला परेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेक प्रसाद सुबेदीले बताउनुभयो ।

तामाङविरुद्ध लागूऔषधसम्बन्धी मुद्दामा थप अनुसन्धान भइराखेको प्रहरीले बताएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline