भदौ २८,पोखरा – बोलेरो जिपले ठक्कर दिंदा यहाँका २ वर्षिय बालकको मृत्यु भएको छ । बागलुङ नगरपालिका–३ को चिप्लेटी बसपार्कमा ध१च १२७६ नम्बरको बोलेरोले ठक्कर दिंदा गम्भिर घाइते स्थानीय शशिराम किसानका छोरा २ वर्षिय सचिन किसानको मृत्यु भएको हो ।
शुक्रबार साँझको घटनामा गम्भिर घाइते बालकलाई उपचारका लागि धौलागिरि प्रादेशिक अस्पताल बागलुङ लगिएको थियो । प्राथमिक उपचारपछि रिफर गरी पोखरा ल्याउने क्रममा पर्वतको कुश्मा पुग्दा मृत्यु भएको प्रहरीले बताएको छ । उक्त घटनामा जिप र चालक बागलुङ नगरपालका–१० भकुण्डेका २२ वर्षिय कुमार थापालाई प्रहरीले नियन्त्रणा लिएको छ ।
मृतकको धौलागिरि अस्पतालमा पोष्टमार्टमपछि शव परिवारलाई बुझाइएको प्रहरी निरीक्षक केशव थापाले बताए । उक्त घटनाको थप अनुसन्धान भैरहेको थापाले जानकारी दिनुभयो ।