बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News टी–२० शृङ्खलामा वेस्ट इन्डिजसँग नेपालको ऐतिहासिक जीत

टी–२० शृङ्खलामा वेस्ट इन्डिजसँग नेपालको ऐतिहासिक जीत

by sambridhaonline

असोज १२,पोखरा – वेस्ट इन्डिजबीचको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपाल विजयी भएको छ । नेपालले वेस्ट इन्डिजलाई १९ रनले हराएको हो ।

नेपालले दिएको एक सय ४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले नौ विकेट गुमाएर एक सय २९ रन मात्रै बनाउन सक्यो । वेस्ट इन्डिजका नवीन बिदाईसीले २२, फेबियन एलेन र अमिर जांगुले समान १९ रन बनाए । नेपालका कुशल भुर्तेलले दुई तथा दीपेन्द्रसिंह ऐरी, करन केसी, नन्दन यादव, ललित राजवंशी र रोहित पौडेलले समान एक विकेट लिए ।

त्यसअघि संयुक्त अरब इमिरेट्स (यूएई)को शारजाहमा टस हारेर ब्याटिङ गरेको नेपालले आठ विकेट गुमाएर एक सय ४८ रन बनाएकाे थियाे । नेपालका कप्तान रोहितकुमार पौडेलले ३८, कुशल मल्लले ३० र गुलशनकुमार झाले २२ रन बनाए । यो जीतसँगै नेपालले तीन खेलको शृङ्खलामा १–० को अग्रता बनाएको छ ।

नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को पूर्ण सदस्य राष्ट्रसँग पहिलो पटक द्विपक्षीय शृङ्खला खेलेको हो । वेस्ट इन्डिज दुई पटकको टी–२० विश्वकप विजेता टोली हो । नेपालले अहिलेसम्म आईसीसीको पूर्ण सदस्य राष्ट्रलाई टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा हराउन सकेको थिएन ।

ऐतिहासिक ‘युनिटी कप’ टी–२० शृङ्खला नेपालका लागि आईसीसी टी–२० विश्वकप एशिया छनोटको तयारीका रूपमा रहनेछ । शृङ्खलाको दोस्रो खेल भोलि र तेस्रो खेल पर्सि मङ्गलवार हुनेछ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline