असोज १५, पोखरा –
रोटरी क्लव अफ पर्वतको निभेको चुल्होमा रोटरी कार्यक्रम सोमवार पर्वतमा सम्पन्न भएको छ । क्लवले दँशैको वेलामा पनि चुल्हो वाल्न धौ धौ हुने अति विपन्न परिवारलाई विगत एक दशकदेखी नगद तथा खाद्यन्न सहयोग प्रदान आई रहेको छ । कार्यक्रम अन्तर्गत मोदी गाउँपालिकाका विभिन्न वडाका २५ विपन्न परिवारलाई सो सहयोग प्रदान गरिएको हो । सहयोग अन्तर्गत २४ परिवारलाई रु १ हजार नगद सहित २५ के.जी. चामल वितरण गरिएको छ । यसैगरी फलेवास नगरपालिका, वडा नं. ३ शंकरपोखरी निवासी राजेन्द्र रिजालको परिवारलाई खाद्यन्न सहित रु २५ हजार नगद सहयोग प्रदान गरिएको छ ।


कार्यक्रमका लागि आवश्यक कुल वजेट मध्ये रोटरीयन सदस्यवाट ३० प्रतिशत संकलन गरिएको थियो । वाँकी रकम ७० प्रतिशत रकम सहयोगी संस्था विश्व प्रसाई फाउण्डेशन नेपाल, अमरटिका प्रतिष्ठान नेपाल र नेष्डो नेपालले सहयोग गरेका हुन । मोदी गाँउपालिका वडा नं. २ पातीचौरमाराहत वितरण कार्यक्रममा वोल्दै क्लवका संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाईले रोटरी मानवीय सेवामा समर्पित संस्था भएकोले समुदायका हरेक दुखमा साथ दिदै आएको वताउनु भयो । आफ्नै पसिनाको स्रोतले सामाजिक कार्य गर्ने भएकाले रोटरीका कार्यक्रम ससाना भएपनि मानवीय दृष्टीले महत्वपुर्ण हुने उहाँको भनाई थियो । सामाजिक संघसंस्थाहरुले समसदायका सवै समस्याको समाधान गर्न नसक्ने भन्दै नागरिकका समस्याको शंवोधन गर्ने दायित्व राज्यको भएको उहाँको भनाई छ ।
कार्यक्रममा रोटरी क्लव अफ पर्वत पुर्व अध्यक्ष सावित्री खत्री क्षेत्रीले समस्यामा भएका सवैलाई सहयोग गर्न नसके पनि पाउनेका लागि दँशैमा चुल्हो वल्ने वताउनु भयो । रोटरी क्लव अफ पर्वतका अध्यक्ष लक्ष्मी कुमारी मेधासी प्रसाईको अध्यक्षता, पुर्व अध्यक्ष प्रेम प्रसाद पौडेलको स्वागत एवम् क्लवका सचिव नारायण प्रसाईको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।