बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News दुर्गा प्रसाईं पक्राउ: सार्वजनिक शान्तिविरुद्धको कसुरमा म्याद लिने तयारी

दुर्गा प्रसाईं पक्राउ: सार्वजनिक शान्तिविरुद्धको कसुरमा म्याद लिने तयारी

by sambridhaonline

मंसिर २,पोखरा – ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’ का संयोजक दुर्गा प्रसाईंविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा म्याद लिने तयारी प्रहरीले गरेको छ ।

सोमबार राति भक्तपुरस्थित आफ्नै निवासबाट प्रसाईं मध्यराति पक्राउ परेका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंले प्रसाईंविरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसुरमा मुद्दा चलाउने तयारीअनुसार डकुमेन्टेशनको काम सुरु गरेको छ ।

प्रसाईंले बोलेका अभिव्यक्तिले सार्वजनिक शान्ति भंग गर्ने किसिमको रहेकाले सार्वजनिक शान्तिविरुद्धको कसुरमा म्याद थप गर्ने प्रक्रिया अघि बढाइएको परिसरका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।

प्रसाईंले यही मंसिर ७ गते देशभर आन्दोलन गर्ने बताउँदै आएका थिए । सोही अनुसार तयारी पनि तिव्र पारेका थिए । तर त्यसअघि नै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले प्रसाईंलाई पक्राउ गरेको हो ।

अहिले प्रसाईंलाई परिसरको भद्रकालीस्थित हिरासतमा राखिएको छ । मध्यराति पक्राउ परेपछि काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था थप चुस्त पारिएको छ ।

प्रसाईं पक्राउ पछि उनका समर्थक तथा नागरिक बचाउ दलले प्रदर्शन गर्नसक्ने भन्दै उपत्यकाको सुरक्षा थप चुस्त बनाइएको हो ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले तीन वटै जिल्ला प्रहरी परिसरलाई निर्देशन दिएर सुरक्षा व्यवस्था चुस्त पार्न भनेको छ । सोही अनुसार अहिले सडकमा बाक्लो रुपमा सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ । सोमबार राति भक्तपुरस्थित आफ्नै निवासबाट प्रसाईं पक्राउ परेपछि नागरिक बचाउ दलका महामन्त्री प्रेमकुमार थाम्सुहाङले आजै प्रदर्शन गर्ने बताएका थिए । त्यसपछि सुरक्षा व्यवस्था कडा पारिएको हो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline