पौष ५,पोखरा – आफ्नै हजुरआमाको हत्या गरी सुनका गहना लुटेको आरोपमा २२ वर्षिय नाती पक्राउ परेका छन्। पोखरा महानगरपालिका–३१ बाँसपानीकी ७५ वर्षीया दालकुमारी परियारको यही पुस ३ गते धारिलो हतियार प्रयार गरी हत्या भएको थियो।
प्रहरीले घटनामा संलग्न रहेको अभियोगमा मृतकका नाति आशिष परियारलाई शुक्रबार पोखरा–१० बुद्धचोकबाट पक्राउ गरेको हो। कास्की प्रहरीका डिएसपी एवं सूचना अधिकारी हरिबहादुर बस्नेतका अनुसार वृद्धाको हत्यापछि कानमा लगाएको गहना पनि लुटिएको थियो। त्यो गहनासहित आशिषलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका आशिषको साथबाट सुनजस्तो देखिने पहेँलो रङको कानमा लगाउने दुई थान रिङ, तौल ७२ लालको साना मुन्द्राहरु चार थान र घटनामा प्रयोग भएको बञ्चरो र चक्कु बरामद गरिएको प्रहरीले जनाएको छ। हत्या आरोपी आशिषलाई कास्की जिल्ला अदालतबाट कर्तव्य ज्यान सम्बन्धी मुद्दामा सात दिन म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रनाउ बस्नेतले जानकारी दिनुभयो ।