बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News एकै परिवारका तीन जनालाई जिल्ला प्रशासन कार्यालय कास्कीले दियो आमाको नामबाट नागरिकता

एकै परिवारका तीन जनालाई जिल्ला प्रशासन कार्यालय कास्कीले दियो आमाको नामबाट नागरिकता

by sambridhaonline

पौष २१,पोखरा – जिल्ला प्रशासन कार्यालय कास्कीले एकै परिवारका तीन जनालाई आमाको नामबाट नेपाली नागरिकता प्रदान गरेको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–८ दाङसिङकी स्थायी बासिन्दा निरुता नेपालीका छोराद्वय सुजन नेपाली र दिनेश नेपाली तथा छोरी सुस्मिता नेपालीलाई आमाको नामबाट नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार आइतबार उनीहरुलाई नेपाली नागरिकता दिइएको हो । अन्नपूर्ण गाउँपालिकामा गत मंसिर १२ मा जिल्ला प्रशासन कार्यालय कास्कीद्वारा सञ्चालित स्थानीय तहमा शान्तिसुरक्षा, अपराध नियन्त्रण र सेवा प्रवाहसम्बन्धी सचेतनामूलक अन्तरक्रियाका क्रममा निरुताका सन्तानको जन्मदर्ता प्रमाणपत्र तथा नेपाली नागरिकता प्राप्तिमा समस्या भएको विषय उठेको थियो । निरुताले नै प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा समक्ष छोराछोरीको जन्मदर्ता नहुँदा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्तीमा समस्या भएको बताएकी थिइन् ।

उक्त विषयमा सम्बन्धित स्थानीय तहसँगको समन्वय एवम् जिल्ला प्रशासन कार्यालयको सहजीकरणमा उनीहरूको जन्मदर्ता गराई आमाको नामबाट नेपाली नागरिकता प्रदान गरी समस्याको समाधान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी बरालले जानकारी दिए । निरुता नेपालीको नेपालको पूर्व खोटाङ घर बताउने विक्रम राईसँग सम्बन्ध कायम भई निज सन्तानहरुको जन्म भएको प्रशासनले जनाएको छ ।

निज विक्रम राई श्रीमती र ४ सन्तानलाई छाडी वेपत्ता भएपश्चात निजहरुको बुबाको पहिचान हुने कुनै कागजात र प्रमाण पेस हुन नसकेका अवस्थामा अन्नपूर्ण गाउँपालिका–८ बाट गरिएको जन्मदर्ता प्रमाणपत्र, वडा कार्यालयको सिफारिस, वडाको मुचुल्का, प्रहरी मुचुल्कासमेतका आधारमा नागरिकता ऐन, नियमावली र नागरिकता वितरण कार्यविधि बमोजिमका प्रमाण तथा तथ्यका आधारमा उनीहरूलाई आमाको नामबाट नागरिकताको प्रमाणपत्र प्रदान गरिएको कास्की जिल्ला प्रशासनले जनाएको छ । नेपाल सरकारले बनाएको ससोधित नेपाली नागरिकता कानुनको कार्यान्वयन गर्ने क्रममा प्रशासनले उनीहरुलाई बंशजजको आधारमा नागरिकता प्रदान गरेको हो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline