बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News ललितपुरमा दाजुभाइको हत्या, पाँच जना पक्राउ

ललितपुरमा दाजुभाइको हत्या, पाँच जना पक्राउ

by sambridhaonline

चैत २६ पाेखरा- ललितपुर पाटनको कृष्ण मन्दिर परिसरमा हिजो चक्कु प्रहार गरेर दाजुभाइको हत्या भएको छ । चक्कु प्रहारबाट ३३ वर्षीय सुमित नेम्बाङ र उहाँका भाइ २६ वर्षीय सिर्जन नेम्बाङको ज्यान गएको ललितपुर प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार चक्कु प्रहारबाट गम्भीर घाइते भएका उनीहरूको बीएन्डबी अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । चक्कु प्रहार गर्ने सञ्जीव नेपालीसहित ५ जनालाई प्रहरीले भाग्दै गरेको अवस्थामा पक्राउ गरेको छ ।

प्रहरीका अनुसार हिजो बेलुकी नेम्बाङ दाजुभाइले कुनै नम्बरमा फोन गर्ने क्रममा झुक्किएर सञ्जीवको मोबाइलमा पुगेको थियो । नचिनेको नम्बरबाट फोन आएपछि शुरूमा केहीबेर सामान्य कुराकानी भए पनि पछि फोनमै विवाद बढ्दै गएपछि सञ्जीवले नेम्बाङ दाजुभाइलाई पाटन बोलाएका थिए ।

इमाडोलबाट उनीहरू पाटन पुगेलगत्तै मासु पसलमा काम गर्ने सञ्जीवले मासु काट्न प्रयोग हुने हतियारले प्रहार गरेको ललितपुर प्रहरीले जनाएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline