बुधबार, बैशाख १६, २०८३
Wednesday, April 29, 2026
Home Featured News आज र भोलि सुदूरपश्चिमदेखि गण्डकी प्रदेशको तराई क्षेत्रमा तातो लहरको सम्भावना

आज र भोलि सुदूरपश्चिमदेखि गण्डकी प्रदेशको तराई क्षेत्रमा तातो लहरको सम्भावना

by sambridhaonline

बैशाख ११ , पाेखरा – सुदूरपश्चिमदेखि गण्डकी प्रदेशको तराई क्षेत्रमा गर्मी बढे पनि पूर्वी क्षेत्रमा आजदेखि गर्मी केही कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार सुदूरपश्चिमदेखि गण्डकी प्रदेशको तराई क्षेत्रमा तातो लहरको सम्भावना रहे पनि आज र भोलि कोशीदेखि बागमती प्रदेशका तराई क्षेत्रमा गर्मी केही कम हुनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराईका साथै उपत्यका र खोँचहरूमा भने तातो दिन हुने महाशाखाले जनाएको छ ।

आज कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका साथै कोशी प्रदेशको तराईका थोरै ठाउँहरूमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ ।

भोलि कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू–भागका थोरै ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline