बुधबार, अशोज ७, २०८३
Wednesday, September 23, 2026
Home Featured News महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान नेपाल पर्वत शाखाको दोश्रो अधिवेशन सम्पन्न

महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान नेपाल पर्वत शाखाको दोश्रो अधिवेशन सम्पन्न

साधक राम प्रसाद पराजुलीको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति तथा साधक विश्व प्रकाश प्रसाईको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति गठन

by sambridhaonline

असोज ७ , पोखरा – महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान, नेपाल पर्वत शाखाको दोश्रो बार्षिक साधारण सभा एवम् दोश्रो अधिवेशन आज राममन्दिर कुश्मामा मंगलवार सु-सम्पन्न भएको छ । वार्षिक साधारण सभाले सचिव जगन्नाथ शर्माले प्रस्तुत गर्नु भएको वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष पुजा कार्की शर्माले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदनलाई सर्वसम्मतीले पारित गरेको छ ।

दोश्रो साधारण सभा तथा प्रथम अधिवेशनले साधक राम प्रसाद पराजुलीको अध्यक्षतामा ११ सदस्यीय जिल्ला शाखा गठन गरेको छ । शाखाको नवनिर्वाचित अन्य पदाधिकारीमा उपाध्यक्ष अधिवक्ता विश्वराज पाण्डे, सचिव जगन्नाथ शर्मा, सहसचिव उत्तम प्रसाद अधिकारी र कोषाध्यक्ष पुर्जा कार्की शर्मा रहनु भएको छ । यसै गरी नविनिर्वाचित कार्य समितिको सदस्यमा वसन्त वास्तोला, योगराज गिरी, चुडामणी शर्मा, पुरुषोत्तम आचार्य, खिममायाँ पाईजा गिरी, कृष्ण कँडेल, शोभा रिमाल र शोभा राना रहनु भएको छ । अधिवेशनको वन्दसत्रवाट साधक विश्व प्रकाश प्रसाई ‘रेशम रामदाश’ को संयोजकत्वमा ५ सदस्यीय सल्लाकार समिति समेत चयन गरेको छ । सल्लाहकार समितिको सदस्यमा नवराज गुरुङ्ग, पान वहादुर हमाल सन्तोष, गुण वहादुर सुनार र मोहन आचार्य रहनु भएको छ ।

साधारण सभा तथा अधिवेशन उद्घाटन समारोहमा प्रमुख अतिथिको आसनवाट वोल्दै विश्व हिन्दु महासंघ, नेपालका सल्लाहकार लोकनाथ आचार्यले भगवान रामको नाम संकृतन भए सवै देवदेवता खुशी हुने वताउदै जगत गुरु महायोगी सिद्धबाबावाट दिक्षित हुन पाउनु अहो सौभाग्य रहेको वताउनु भयो । कार्यक्रममा विशिष्ट अतिथिको आसनवाट वोल्दै महासंघका केन्द्रीय महासचिव रामचन्द्र तिवारीले संविधानवाट सनातन हिन्दु राष्ट्र हटाए पनि नेपालको मनवाट नहटेको भन्दै सवै सनातनीहरु एकवद्ध भए अगाडी वढनुपर्नेमा जोड दिनु भयो । साधक नवराज गुरुङ्गले गुरु कृपावाट मात्र भगवत कृपा प्राप्त हुनेमा जोड दिनु भयो । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सदस्य गुप्तप्रताप सेन, साधक तथा शैक्षिक व्यक्तित्व गुण वहादुर सुनार, मोदीवेनी दिव्य धामका उपाध्यक्ष खुमराज पराजुली, आन्जानीय युथ क्लवका केन्द्रिय उपाध्यक्ष शुष्मा प्रसाई लगायतले वैदिक सनातनको महत्व र हाम्रो भुमिकाको वारेमा मन्तव्य दिनु भएको थियो ।

कार्यक्रम शाखा अध्यक्ष राम प्रसाद पराजुलीको अध्यक्षता, उपाध्यक्ष पान वहादुर हमाल सन्तोषको स्वागत एवम् सचिव जगन्नाथ शर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा सल्लाहकार संयोजक विश्व प्रकाश प्रसाई रेशम रामदाशले वैदिक सनातन रक्षामा सदगुरुदेव जगत गुरु महायोगी सिद्धबाबाको भुमिको वारेमा स्पष्ट पार्नु भएको समृद्ध सहकर्मी खिममायाँ पाईजा गिरीद्वारा प्रेषित समाचारमा जनाइएको छ ।

You may also like

Leave a Comment

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline