शनिबार, मंसिर १३, २०८३
Saturday, November 28, 2026
Home Featured News यूएईमा २३ वटा गाडी आपसमा ठोक्किदा १४ जनाको ज्यान गयो, ३० जना घाइते

यूएईमा २३ वटा गाडी आपसमा ठोक्किदा १४ जनाको ज्यान गयो, ३० जना घाइते

by sambridhaonline

कार्तिक २७ – संयुक्त अरब इमिरेट्स (यूएई) को फुजैराहमा भएको सडक दुर्घटनामा परी कम्तीमा १४ जनाको ज्यान गएको छ भने ३० जना घाइते भएका छन् । यूएईको आन्तरिक मन्त्रालयका अनुसार बुधबार मध्यरात हुनुअघि फुजैराह इमिरेट्सको प्रवेशद्वारमा दुर्घटना भएको हो । तीव्र गतिमा रहेको ट्रकका चालकले नियन्त्रण गुमाउँदा अर्को ट्रकसँग ठोक्किएको र त्यसपछि दुवै ट्रक सडकबाट बाहिरिएर रोकिएका अरु गाडीमा ठोक्किएका थिए ।

दुर्घटनामा १८ वटा कार र पाँचवटा ट्रक गरी २३ वटा गाडी आपसमा ठोक्किएका हुन । दुर्घटनापछि ट्रकमा आगलागी भएको र आगो अरु गाडीमा समेत फैलिएको समाचार संस्था अलजजिराले जनाएको छ । ज्यान गुमाउनेमा यूएईसहित विभिन्न देशका नागरिक रहेका खबरमा उल्लेख छ । मृतकको पहिचान खुलाउन डीएनए परीक्षण भइरहेको छ । घाइते हुनेमा यूएई, ओमान, भारत, ब्राजिल, पाकिस्तान, जोर्डन र इजिप्टका नागरिक रहेका छन् ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline