बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News यो बर्षको दशैं हिल्लाम्मे हुन सक्ने मौसमविद को पुर्बानुमान

यो बर्षको दशैं हिल्लाम्मे हुन सक्ने मौसमविद को पुर्बानुमान

by sambridhaonline

अशोज -०६,पोखरा
नेपालमा यो वर्ष मनसुन केही दिन लम्बिन सक्ने मौसमविद्ले अनुमान गरेका छन् । सामान्यतया अक्टोबर २ तारिखमा मनसुन बाहिरिने भए पनि यसपालिको मनसुन केही दिन लम्बिने सम्भावना बढेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले अनुमान गरेका हुन् ।

मौसमविद् प्रतिभा मानन्धरले भोलि दिउँसो पनि आज जस्तै घाम लाग्ने र भोलि बेलुकादेखि भने देशका भेरै ठाउँमा मौसम बद्ली भई केही दिन पानी पर्ने सम्भावना रहेको तर लगातार झरी भने नपर्ने बताउनुभयो ।

सामान्यतया जुन १३ मा भित्रिएर अक्टोबर २ मा बाहिरिनेमा ५ दिन अघिपछि हुने गरेको छ । यसवर्ष दुई दिन अघि भित्रिएको मनसुन झण्डै एकहप्ता ढिलो गरि बाहिरिने सम्भावना बढेकोेले यस वर्ष दशैँमा झरी पर्ने अनुमान रहेको मौसमविद्ले बताएका छन् ।

यस वर्ष दशैँको टिका अक्टोबर १२ अर्थात असोज २६ गते परेको छ । मौसमविद् प्रतिभा मानन्धरले ८–१० दिन ढिलो गरेर मनसुन बाहिरिनु स्वभाविक रहेको बताउनुभएको छ ।

भारतबाट मनसुन बाहिरिएपछि नेपालको पश्चिमी क्षेत्रबाट मनसुन बाहिरिने क्रम शुरु हुनेमा अहिलेसम्म भारतमा मनसुन बाहिरिएको घोषणा नभएकाले पनि नेपालबाट अझै ढिलो मनसुन बाहिरिने सम्भावना बढेको मौसमविद्ले बताएका छन् । यस वर्षको मनसुन तत्काल बाहिरिने सम्भावना नदेखिएकाले दशैँसम्म पनि पानी पर्ने पूर्वानुमान भएको हो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline