असोज-०७, कास्की – सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई आज सोमबार जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।जोशीलै हिजो काठमाडौंबाट पक्राउ गरेर पोखरा ल्याइएको थियो र आज म्याद थपका लागि अदालतमा उपस्थित गराइएको हो ।
सहकारी रकम छानबिन संसदिय विशेष समितिले सहकारीहरुको रकम दुरुपयोग र अपचलनमा छविलाल जोशीलाई पनि प्रमुख पात्रका रुपमा किटान गरेको छ ।
विभिन्न सहकारीको रकम ऋणको रुपमा निकाल्ने काममा उनको समेत प्रमुख भूमिका रहेको समितिको निष्कर्ष छ । समितिको निर्णय कार्यान्वयनको निर्णय भएलगत्तै जोशी पक्राउ परेका हुन् ।