माघ ०३,पोखरा – नेपाली कांग्रेसको १०० दिने अभियान अन्र्तगत पर्वत जिल्लाको मोदी गाँउपालिका, वडा नं. २ देउपुरमा विहिवार एक विशेष कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वडा कार्य समितिका पदाधिकारी, पुर्व पदाधिकारी, वडावाट पालिका, जिल्ला तहमा नेतृत्व गर्ने विभिन्न जिम्मेवारीमा रहनु भएका नेता तथा भातृ एवम् सुभेच्छुक संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथिको आसनवाट सहजीकरण मन्तव्य दिंदै नेपाली कांग्रेसका नेता डा. विश्व प्रकाश प्रसाईले अहिले पाटीको स्थानीय तह देखि जिल्ला तहसम्म गुनासाहरु विद्यमान रहेको भन्दै पाटीलाई सुदृढ वनाउनको लागि नेतृत्वमा सुधार हुन जरुरी रहेको वताउनु भयो । अहिले नेतृत्वमा रहनेहरुको कमी कमजोरीको कारण पाटी कमजोर रहेको उहाँको भनाई थियो ।
प्रमुख अतिथि डा. प्रसाईले राजनीति पेशा व्यवसाय नभई सेवा र सन्तुष्टीको माध्यम वनाउन सकेमा मात्र दिगो हुने भन्दै यदि हामी समाजमा रहने हो भने राजनीतिवाट टाढा रहन नसकिने र राजनीतिमा लाग्दै गर्दा इतिहास, विकास निर्माण र सिद्धान्तको दृष्टिले नेपाली कांग्रेसको विकल्प नरहेको उहाँको भनाई थियो । पाटीको जुनसुकै तहमा स-साना अन्तर विरोध र असहमती रहेको तर त्यसको समाधान आन्तरीक छलफल र सहमतीवाट मात्र सम्भव हुनेमा प्रसाईले जोड दिनु भयो । कांग्रेसले पाटी भित्र आन्तरिक कमजोरीहरु सुधार गरी सुदृढ कांग्रेस निर्माणको लागि १०० दिने अभियान सञ्चालन गरिएको भन्दै पाटी सुधारको लागि आँफूले हरेक योगदान गर्न प्रतिवद्ध रहेको वताउनु भयो ।
कार्यक्रममा शुभकामना मन्तव्य दिंदै जिल्ला कार्य समिति सदस्य लक्ष्मी कुमारी मेधासीले पाटी सुधारको लागि कार्यकर्ताको गुनासाहरु सुन्नको लागि नेतृत्व तयार रहनुपर्ने भन्दै हरेक दुःख सुखमा साथ दिन सकेमा मात्र पाटी सुदृद्ध हुने वताउनु भयो । कार्यक्रममा वोल्दै जिल्ला कार्य समिति सदस्य सावित्री खत्री क्षेत्री लामिछानेले लामो समयको अन्तरालमा अभियानको विशेष कार्यत्रम भव्य रुपमा सम्पन्न हुनुले देउपुर कांग्रेसमा सुधार हुने संकेत देखिएको वताउनु भयो । १०० दिने अभियानमा एउटा दक्ष, विद्धान र त्यागी नेतालाई प्रतिनिधीको रुपमा पाएकोले कार्यक्रमका सहभागी थप लाभान्वित भएको उहाँको भनाई थियो ।
कार्यक्रममा पालकिा सभापति निर्देश लामिछाने, वडा नं. ६ का अध्यक्ष दिपेन्द्रजंग लामिछाने, किसान महासंघका केन्द्रिय सदस्य पदमपाणी शर्मा, पुर्व गाविस उपाध्यक्ष धन वहादुर हमाल, नेपाल महिला संघका कावा अध्यक्ष सुसिला शर्मा लगायतले लामो समयको अन्तरालमा पाटीको भेला सम्पन्न भएको भन्दै अव भावनात्मक एकता कायम भई अगाडी वढन प्रेरणा मिलेको वताउनु भयो । कार्यक्रममा स्वागत मन्तव्यसंगै नेपाली कांग्रेस, मोदी–२ का पुर्व पाटी सभापति देवराज गिरीले पाटीको वर्तमान अवस्था सहितको प्रतिवेदन पेश गर्नु भएको थियो । उहाँका अनुसार स्थानीय निर्वाचन पश्चात पहिले पटक पाटीको वैठक वसेको, पाटीमा नेतृत्व जिम्मेवार हुन नसकेको, पुरानो कार्य समितिले कुनै हिसाव हालसम्म वुझवुझारथ नगरेको, भातृ तथा सुभेच्छुक संस्था गठन, पुर्नगठन नभएको, कार्यकर्ताको मृत्युमा झण्डा ओढाउनेसम्म जिल्लाको नेतृत्व नपाएको, समुदायको सुख दुखमा साथ दिन नसकेको, पाटीलाई माथिल्लो तहवाट कुनै निर्देशन प्राप्त नभएको जस्ता ३ दर्जन लिखित गुनासाहरु प्रस्तुत गर्नु भएको थियो भने उपस्थिती सवैले यसलाई तालि वजाएर समर्थन गर्नु भएको थियो ।
कार्यक्रमले पाटीको वार्षिक कार्ययोजना तय गर्ने, पाटीको वैक खाता सञ्चालन गरी आर्थिक कारोवार नियमित गर्ने, आगामी चैत्र मसान्तभित्र वडा सम्मेलन गर्ने, सो अवधी भित्र भातृ तथा सुभेच्छ्क संस्थाको गठन पुर्नगठन गर्ने लगायतको निर्णय गरेको छ । कार्यक्रममा वडा सभापति हमालको संयोजकत्वमा आठ सदस्यीय पाटी तथा वडा पालिका समन्वय संयन्त्र गठन गरिएको छ । कार्यक्रम मोदी वडा नं २ का सभापति कृष्ण वहादुर गुरुङ्गको अध्यक्षता एवम् वडा सचिव विज्ञान हमालको सञ्चालनमा सय दिने विशेष अभियान देउपुरमा सम्पन्न्न भएको रेडियो समृद्धका सहकर्मी कमल शर्मा लामिछाने र मितेश हमालले पर्वत पातीचौरवाट प्रेषण गर्नु भएको समाचारमा जनाइएको छ ।