शुक्रबार, साउन १५, २०८३
Friday, July 31, 2026
Home Featured News पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी

पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी

by sambridhaonline

माघ ४,पोखरा -पर्बतको कुश्मा नगरपालिका वडा नं. ४ मा रहेको एक कपास उद्योगमा गत् बुधबारराति आगलागी भएको छ ।

हरि श्रेष्ठले सन्चालन गर्दै आएको कालिगण्डकी कपास उद्योगमा विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले बताएको छ ।

आगलागीबाट पाँच लाख पर्ने कपास पेल्ने मेसिन, सिरक डसना बनाउने दुई हजार पाँच सय केजी कपडा र एक हजार केजी कपासहरू पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक निर बानियाँले जानकारी दिए ।

प्रहरी, स्थानीय व्यक्ति तथा दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको र मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline