मङ्लबार, फाल्गुन ६, २०८१
Tuesday, February 18, 2025
Home Featured News पोखरामा जारी ‘टाइगर कप’ भलिबलको पुरुषतर्फ पुलिस क्लब र महिलातर्फ एपीएफ क्लब फाइनलमा

पोखरामा जारी ‘टाइगर कप’ भलिबलको पुरुषतर्फ पुलिस क्लब र महिलातर्फ एपीएफ क्लब फाइनलमा

प्रतियोगिता पर्सि आइतवारसम्म चल्ने

by sambridhaonline

माघ १८,पोखरा – टाइगर कप राष्ट्रिय तथा अन्तराष्ट्रिय क्लब च्याम्पियनशिपको पुरुषतर्फ नेपला पुलिस क्लब र महिलातर्फ सशस्त्र प्रहरीको एपीफ क्लब फाइनलमा प्रवेश गरेका छन् । पोखरा रङ्गशालाको भलिबल कोर्टमा पुरुषतर्फ पुलिसले आर्मीलाई ३–२ को सेटमा हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

पहिलो सेट पुलिसले २५–१४ ले जितेको थियो । दोश्रो सेटमा आर्मी २५–२२ ले विजयी भयो । यस्तै तेश्रो सेटमा फेरि पुलिसले २५–२२ ले जित्यो । चौथो सेटमा आर्मीले २५–२३ ले जित्यो । पाँचौ तथा अन्तिम सेटमा पुलिसले आर्मीलाई १५–१२ ले हरायो ।

पराजित भएको आर्मीले अब दोश्रो क्वालिफायरमा अहिले भइरहेको सुनिल भलिबल क्लब र गण्डकी प्रदेश भलिबल क्लबको विजता टोलीसँग खेल्नेछ । अहिले पुरुषतर्फको इलिमिनेटरमा भारतको सुनिल भलिबल क्लब र गण्डकी प्रदेश भलिबल क्लबबीच खेल भइरहेको छ ।

यसैगरी महिलातर्फ आयोजक टाइगर ग्रुपलाई पराजित गर्दै सशस्त्र प्रहरी बलको एपीएफ क्लब फाइनलमा प्रवेश गरेको छ । एपीएफले टाइगर ग्रुपलाई ३–१ को सटेमा पराजित ग¥यो ।

पहिलो सेट २५–२० ले जितेको एपीएफ दोस्रो सेट २१–२५ ले हारेको थियो । यस्तै एपीएफले तेस्रो सेट २५–१९ र चौथो सेट २६–२४ ले जित निकाल्दै फाइनल पुगेको हो ।

अब पराजित भएको टाइगर ग्रुपले भोलि न्यू डायमण्ड स्पोटर््स क्लबसँग दोश्रो इलिमिनेटर खेल्नेछ । दोश्रो इलिमिनेटरको विजेता फाइनलमा प्रवेश गर्नेछ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा भइरहेको प्रतियोगिता पर्सि आइतवारसम्म चल्नेछ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
पोखरा–१७, ड्यामसाईड ।

प्रवन्ध निर्देशकः

वि.पी. प्रसाई

व्यवस्थापकद्वयः

लक्ष्मी कुमारी मेधासी प्रसाई,
सावित्री खत्री क्षेत्री लामिछाने

कार्यकारी सम्पादकः

उत्तम प्रसाद अधिकारी

सम्पादकः

रविन कार्की  

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline