बिहिबार, बैशाख १७, २०८३
Thursday, April 30, 2026
Home Featured News लागुऔषध कारोबारी पक्राउ गर्न चार राउण्ड गोली प्रहार, एक जना घाइते

लागुऔषध कारोबारी पक्राउ गर्न चार राउण्ड गोली प्रहार, एक जना घाइते

by sambridhaonline

माघ १८,पोखरा – पश्चिम नवलपरासीमा लागुऔषध नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाउँदा एक जना घाइते भएका छन् । गएराति ८ बज जिल्लाको रामग्राम नगरपालिका –१२ पचगाँवा बस्ने ५२ वर्षीय राजेश लोनिया प्रहरीको गोली लागेर घाइते भएका हुन् ।

लोनियाको घरमा लागु औषध बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवाबाट विहीबार बेलुकी आठ बजेतिर एक टोली खटिएको थियो । उनलाई नियन्त्रणमा लिन खोज्दा अचानक प्रहरी माथि समेत आक्रमण गर्न आएपछि गोली चलाउनु परेको प्रहरीको भनाइ छ ।

लोनियाले प्रहरीको साथमा रहेको पेस्तोल समेत खोस्न लागेकाले र लागू औषध कारोबारमा संलग्न व्यक्ति भाग्न खोजेकाले ४ राउण्ड गोली प्रहार गर्दा एक राउण्ड राजेश लोनियाको बायाँ साप्रामा लागेको प्रहरीले जनाएको छ ।

लोनियाको जिल्लास्थित पृथ्वीचन्द्र अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उनी बोल्न सक्ने अवस्थामा छन् ।
लागु औषध किनबेचमा संलग्न अर्का १ जना व्यक्ति भने फरार रहेको प्रहरीको भनाइ छ ।

सो स्थानबाट ९३ पुरिया ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline