बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News पोखरा विश्वविद्यालयबाट ७ हजार ८ सय ७२ जना विद्यार्थी दीक्षित

पोखरा विश्वविद्यालयबाट ७ हजार ८ सय ७२ जना विद्यार्थी दीक्षित

by sambridhaonline

फाल्गुन ०८,पोखरा – पोखरा विश्वविद्यालयको २०औं दीक्षान्त समारोहबाट ७ हजार ८ सय ७२ जना विद्यार्थी दीक्षित भएका छन् ।

पोखरा महानगरपालिका–३० ढुङ्गेपाटनमा रहेकाे विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आज आयोजित विशेष समारोहबीच विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीहरूलाई दीक्षित गराउनुभएको हो ।

पाेखरा विश्वविद्यालयअन्तर्गतका विभिन्न क्याम्पसबाट स्नातक, स्नातकोत्तर र विद्यावारिधि तह उत्तीर्ण गरका विद्यार्थी आज दीक्षित भएका हुन् । पोखरा विश्वविद्यालयअन्तर्गत देशभर सञ्चालित क्याम्पसहरूबाट विभिन्न ६८ विधामा झन्डै ४० हजार जना विद्यार्थी अध्ययनरत रहेका विश्वविद्यालयले जनाएको छ ।

दीक्षान्त समारोहमा प्रधानमन्त्री ओलीले ज्ञान, दर्शन, योग र खोजको उद्गमस्थल नेपालमा दीक्षित विद्यार्थीले सधैँ इमानदार भएर देशका लागि काम गर्नुपर्नेमा जोड दिनुभयाे ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline