शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026
Home Featured News गण्डकीको बजेट अधिवेशन जेठ ११ देखि

गण्डकीको बजेट अधिवेशन जेठ ११ देखि

by sambridhaonline

जेष्ठ ४,पोखरा – गण्डकी प्रदेशसभाको बर्खे (बजेट) अधिवेशन यही जेठ ११ देखि सुरु हुने भएको छ । गण्डकी प्रदेश सरकारले सिफारिस गरेबमोजिम प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार अधिवेशन आह्वान गरेका हुन् ।

गत मंगलबारको मन्त्रिपरिषद् बैठकले ११ गते दिउँसो २ बजेलाई अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको थियो । प्रदेश प्रमुख कार्यालयमा आइतबार सिफारिस पत्र प्राप्त भएपछि प्रदेश प्रमुखले अधिवेशन आह्वान गरेको कार्यालयका प्रवक्ता उपसचिव रामेश्वर अर्यालले जानकारी दिए ।

यस अधिवेशनमा मुख्यतः आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट प्रस्तुत र छलफल हुनेछ । प्रदेश सभाको पछिल्लो अधिवेशन दुई महिना चलेर गत चैत २६ मा अन्त्य भएको थियो ।

सरकारले बजेट ल्याउनुभन्दा १५ दिन अगाडि नै संसदमा बजेटका प्राथमिकता र सिद्धान्तमाथि छलफल गर्नुपर्ने भएकाले जेठ ११ गतेबाट आठौं अधिवेशन आह्वान भएको हो ।

सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. टकराज गुरुङका अनुसार जेठ १२ गते सभामा बजेटका सिद्धान्त र प्राथमिकता पेश गर्ने तयारी छ । प्रदेश सरकारले मन्त्रालयहरुलाई सिलिङ लिएर अहिले बजेट निर्माणको काम गरिरहेको छ ।

बजेट निर्माणको काम चलिरहँदा यतिबेला सबैजसो मन्त्रालयहरुमा योजना माग गर्दै कागजात लिएर पुग्नेहरुको लर्को लागिरहेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सामाजिक विकास, अर्थ मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, पर्यटन, कृषि मन्त्रालय लगायतमा योजनाका फाइल बोकेर नेता–कार्यकर्ताहरु पुगिरहेका छन् ।

३२ अर्ब ९७ करोड ८५ लाखको चालु बजेट ल्याएको सरकारको यसपटक भने आकार घट्ने भएको छ । अहिले करिब २९ अर्ब ५० करोड रुपैयाँको बजेट ल्याउने गरी मन्त्रालयहरुमा सिलिङ दिएर योजना छनोटको काम भइरहेको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline