बुधबार, साउन १३, २०८३
Wednesday, July 29, 2026
Home Featured News आज पनि मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना

आज पनि मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना

by sambridhaonline

जेष्ठ १०,पोखरा- आज पनि मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना छ । अहिले पनि बागमती प्रदेशका थोरै ठाउँ तथा कोशी, मधेश, गण्डकी र कर्णाली प्रदेशका एक–दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज सात वटै प्रदेशका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रि–मनसुनी गतिविधि सक्रिय रहेका कारण केही दिनयता लगातारजसो पानी पर्दै आएको छ ।

अहिले पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ । बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।

कोशी, मधेश र बागमती प्रदेशलगायत बाँकी पहाडी भागमा आंशिकदेखि साधारणतया बदली छ । हिमाली थोरै क्षेत्रमा हल्का वर्षासहित हिमपातको सम्भावना छ ।

दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline