शनिबार, बैशाख १९, २०८३
Saturday, May 2, 2026
Home Featured News दमौलीको मादी पुलबाट जीप खस्दा तीन जनाको मृत्यु

दमौलीको मादी पुलबाट जीप खस्दा तीन जनाको मृत्यु

by sambridhaonline

जेष्ठ ११,पोखरा – पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिकाको वडा नम्बर ३ र ५ जोड्ने मादी नदीको पुलबाट जीप खस्दा तीन जनाको ज्यान गएको छ । गएराति १२ बजे पाँच जना सवार जीप दुर्घटना भएको हो ।

दमौलीबाट चापाघाटका लागि छुटेको ग २ च ५७६० नम्बरको जीप मादी नदी पुलको रेलिङ भत्काएर नदीमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिनुभयो ।

दुर्घटनामा ज्यान गुमाउनेमा व्यास–५ का ३५ वर्षीय प्रविन थापामगर, त्यही ठाउँका २२ वर्षीय कुमार थापा र २० वर्षीय कुशल थापा रहेका प्रहरीले जनाएको छ । त्यस्तै, दुर्घटनामा परेर चालक रोहित गुट्टा र धिरज रौनिहार घाइते भएका छन ।

घाइतेमध्ये रौनिहारलाई दमौली अस्पतालमा प्राथमिक उपचार गरेर पोखरा रिफर गरिएको छ । चालक गुट्टाको दमौली अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline