बिहिबार, बैशाख २४, २०८३
Thursday, May 7, 2026
Home Featured News पाल्पामा युवक हत्याका अभियुक्त १४ वर्ष पछि पक्राउ

पाल्पामा युवक हत्याका अभियुक्त १४ वर्ष पछि पक्राउ

by sambridhaonline

जेष्ठ २६,पोखरा – माथागढी गाउँपालिका-१ चिदिपानीस्थित दमारका १८ वर्षीय रनवीर नेपालीको हत्याका अभियुक्त पक्राउ परेका छन्। सोही ठाउँका ५७ वर्षीय सन्तबहादुर सार्की पक्राउ परेका जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले बताउनुभयो।

२०६८ साल कात्तिक ११ गते राति साढे ११ बजे हत्या गरेर फरार भएको उहाले बताउनुभयो । उनीहरू बीच घरायसी विवाद भएको थियो। चक्कु प्रहार गरेर गम्भीर घाइते भएका रनवीरको उपचारका लागि अस्पताल लैजाँदा मृत्यु भएको थियो।

आरोपित सार्कीलाई रूपन्देहीको सिद्धार्थ नगरपालिका १ बेलहियास्थित बसपार्कबाट आइतबार दिउँसो पक्राउ गरेको भट्टराईले बताउनुभयो

निरन्तरको निगरानीपछि पक्राउ गर्न सफल भएका छौं। उनी भारतको दिल्लीमा लुकिछिपी बस्दै आएका थिए। १४ वर्षपछि उनी नेपाल फर्किएको समयमा विशेष सुराकीको आधारमा पक्राउ गरिएको भट्टराईले बताउनुभयो । कान्छी श्रीमती र छोराछोरी सहित सबै परिवार भारतको दिल्ली र हरियाणा लुकेर बस्दै आएको बुझिएको छ।

सार्की विरुद्ध ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको छ। जिल्ला अदालत पाल्पाबाट ६ दिनको म्याद लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline