भदौ २३,पोखरा – सामाजिक सञ्जाल बन्दबिरुद्ध जेन जीले गरेको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर ४ जना घाइते भएका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भईरहेको छ ।
प्रदर्शनकारीको प्रहारबाट वडा प्रहरी कार्यालय बैदामका डिएसपी नमराज भट्टराईसहित केही प्रहरी घाइते भएका छन् । प्रदर्शनकारीको ढुंगा प्रहारबाट भट्टराइको च्यापुमा चोट लागेको छ ।
यसैगरी प्रदर्शनमा उत्रिएका २४ जनलाई नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ ।