शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026
Home Featured News आज बालाचतुर्दशी : देशभरका शिव मन्दिरमा दीपदान र शतबीज छर्नेको भिड

आज बालाचतुर्दशी : देशभरका शिव मन्दिरमा दीपदान र शतबीज छर्नेको भिड

by sambridhaonline

मंसिर ३,पोखरा – आज बालाचतुर्दशी, देशभरका शिव मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । आजका दिन दीपदान र शतबीज छर्ने गरिन्छ । रातभर दीपदान गरी बसेका भक्तजनले आज बिहानै दिवंगत पितृको नाममा शतबीज छर्ने गर्छन् ।

हरेक वर्ष मंसिर कृष्ण चतुर्दशीका दिन बाला चतुर्दशी मनाउन देशका विभिन्न ठाउँबाट भक्तजन पशुपतिमा आउने गर्छन् । हिजो बेलुकादेखि नै पशुपति क्षेत्रमा भक्तजनको घुइँचो लागेको हो । बालाचतुर्दशीको अघिल्लो दिन पितृका नाममा बत्ती बालेर रातभर जाग्राम बसेकाहरुले आज बिहानै शतबीज छरेका छन् ।

धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो गरी सात प्रकारका अन्न मिसाइएको शतबीज छर्ने चलन छ । चिसो मौसम भएकाले पाललगायतको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

यस्तै भक्तपुरको डोलेश्वर महादेव मन्दिरदेखि गोकुलधामसम्मका महादेव मन्दिरसम्म रातभर जाग्राम बसेर महादीप बाल्नेको भीड छ । बाला चतुर्दशीका दिन शतबीज छर्न पशुपति मन्दिरमा हजारौँको भीड लाग्ने भएपछि भक्तपुरको चाँगुनारायण र सूर्यविनायकका बासिन्दाले आफ्नो नजिकको शिवालयमै बालाचर्तुदशी पर्व मनाउन थालेका हुन् ।

यस्तै देवघाटमा तनहुँ, चितवनसहित गोरखा, लमजुङ, नवलपुर, रुपन्देही, काठमाण्डौलगायतका जिल्लाबाट शतबीज छर्न पुगेकाहरुले शतबीज छरेका छन् ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline