शनिबार, बैशाख ५, २०८३
Saturday, April 18, 2026
Home Featured News चितवनलाई ६ विकेटले हराउँदै लुम्बिनीको विजयी शुरुआत

चितवनलाई ६ विकेटले हराउँदै लुम्बिनीको विजयी शुरुआत

by sambridhaonline

मंसिर ५,पोखरा – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लुम्बिनी लायन्सले विजयी शुरुआत गरेको छ । लुम्बिनीले चितवन राइनोजलाई ६ विकेटले हराएको हो । चितवनले दिएको एक सय ४३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १८ ओभर ३ बलमा ४ विकेट गुमाएर भेटायो । लुम्बिनीका गुल्बादिन नइबले अविजित ४४, कप्तान रोहितकुमार पौडेलले ३९ र सन्दीप जोराले २८ रन बनाए । चितवनका रिजन ढकालले २ र सोहेल तानवीरले १ विकेट लिए ।

त्यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो । चितवनका रवि बोपाराले ६६ रन बनाए । प्रतियोगितामा बोपाराको यो लगातार दोस्रो अर्धशतक हो । लुम्बिनीका रुबेन ट्रम्पेलम्यानले ३, अभिशेष गाैतम र गुल्बादिन नइबले २ विकेट लिए ।

चितवनले यसअघि आफ्नो पहिलो खेलमा कर्णाली याक्सलाई हराएको थियो । एनपीएलमा चितवन, लुम्बिनी, काठमान्डु गोर्खाज, सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, विराटनगर किङ्ग्स, कर्णाली याक्स र पोखरा एभेन्जर्स गरी आठ वटा टोली सहभागी छन् ।

मङ्सिर १ गतेदेखि शुरू भएको प्रतियोगिताको फाइनल खेल यही मङ्सिर २७ गते हुनेछ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline