शनिबार, बैशाख ५, २०८३
Saturday, April 18, 2026
Home Featured News अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रगोगमा प्रतिबन्ध

अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रगोगमा प्रतिबन्ध

by sambridhaonline

मंसिर ५ – अष्ट्रेलियाले १६ वर्षमुनिका बालबालिकालाई फेसबुक, इन्स्टाग्राम, टिकटक, युट्युब, स्न्यापच्याट, रेडिटलगायत नौ वटा सामाजिक सञ्जाल प्लेटफर्म प्रयोग गर्न पूर्ण प्रतिबन्ध लगाएको छ ।

आउँदो डिसेम्बर १० तारिख अर्थात् अर्को महिनादेखि लागू हुने नियमानुसार कम्पनीहरूले नाबालकका नयाँ खाता खोलेमा वा पूराना खाता सञ्चालन गरे ठूलो रकम जरिवाना तिनुपर्ने बीबीसीले जनाएको छ । सरकारले सामाजिक सञ्जालले बालबालिकालाई हानिकारक सामग्री, साइबर असुरक्षा जस्ता जोखिममा पार्दै आएको भन्दै कडा कदम चालेको जनाएको छ ।

प्लेटफर्महरूलाई कडाइका साथ नियम कार्यान्वयन गर्न भनिएको छ । टिकटक, युट्युब र गूगल जस्ता कम्पनीहरुले भने नयाँ नियम कार्यान्वयन गर्न कठिन हुने चेतावनी दिएका छन् । तर सरकारले यो बालबालिकाको सुरक्षाका लागि अनिवार्य भएको बताएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline