बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News दृष्टिविहीन महिला टी–२० विश्वकपको फाइनलमा नेपाल भारतसँग पराजित

दृष्टिविहीन महिला टी–२० विश्वकपको फाइनलमा नेपाल भारतसँग पराजित

by sambridhaonline

मंसिर ७,पोखरा – दृष्टिविहीन महिला टी–२० विश्वकपको फाइनलमा नेपाल भारतसँग पराजित भएको छ । श्रीलङ्काको कोलम्बोमा रहेको पिसारा ओभल क्रिकेट मैदानमा आज भएको खेलमा नेपाललाई ७ विकेटले हराउँदै भारतले उपाधि जित्यो ।

नेपालले दिएको १ सय १५ रनको लक्ष्य भारतले १२ ओभर १ बलमा ३ विकेट गुमाएर भेटायो । भारतकी फुला सरेनले नटआउट ४४ रन बनाइन् । नेपालकी दिल्लीसरा धमलाले १ विकेट लिइन् ।

यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ५ विकेट गुमाएर १ सय १४ रन बनायो । नेपालकी सरिता घिमिरेले नटआउट ३३ रन बनाइन् । भारतकी जमुना रानी टुडु र अनु कुमारीले १/१ विकेट लिए ।

हिजो भएको सेमिफाइनलमा नेपालले पाकिस्तानलाई ७ विकेटले हराउँदै फाइनलमा पुगेको थियो । यस्तै भारतले सेमिफाइनलमा अस्ट्रेलियालाई ९ विकेटले हराएको थियो ।

भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना भएको पहिलो संस्करणको दृष्टिविहीन महिला टी–२० विश्वकपमा नेपाल, भारत, श्रीलङ्का, पाकिस्तान, अस्ट्रेलिया र अमेरिका गरी ६ वटा टोलीको सहभागिता रहेको थियो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline