बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News भद्रपुरमा बुद्ध एयरको जहाज दुर्घटना : को–पाइलटसहित ७ जना घाइते, ६ जना घर फर्किए

भद्रपुरमा बुद्ध एयरको जहाज दुर्घटना : को–पाइलटसहित ७ जना घाइते, ६ जना घर फर्किए

by sambridhaonline

पौष १९,पोखरा – काठमाडौंबाट झापाको भद्रपुरका लागि उडेको बुद्ध एयरको जहाज अवतरणका क्रममा दुर्घटनामा परेको छ। शुक्रबार राति भएको दुर्घटनामा सहचालक (को–पाइलट) सहित ७ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक (एसपी) राजन लिम्बुका अनुसार काठमाडौंबाट उडेको कलसाइन ९०१ को एटिआर–७२ जहाज राति ९:१० बजे अवतरणका क्रममा रन–वेबाट चिप्लिएको थियो। जहाज रन–वेको पूर्वतर्फ करिब ३०० मिटर पर पुगेर घाँसे झाडी र माटोमा भासिएको हो।

दुर्घटनामा ललितपुर–४ का २४ वर्षीय को–पाइलट सुशान्त श्रेष्ठ र अन्य ६ जना यात्रु घाइते भएका छन्। टाउको र अनुहारमा चोट लागेका श्रेष्ठको भद्रपुरस्थित ओमसाई पाथिभरा हस्पिटलमा उपचार भइरहेको छ। अन्य ६ जना घाइते भने सामान्य उपचारपछि ‘डिस्चार्ज’ भएर घर फर्किसकेको एसपी लिम्बुले जानकारी दिनुभयो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline