राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था नेष्डो नेपालको ३२औँ स्थापना दिवस एवं संस्थाका संस्थापक अध्यक्ष डा. विश्व प्रकाश प्रसाईको ५५औ शुभ जन्मोत्सव समारोहको सप्ताहव्यापी कार्यक्रम सोमबार पर्वतको कुस्मा बजारमा सम्पन्न गरिएको छ । मूल समारोहमा विभिन्न क्षेत्रबाट संस्थागत विकासमा योगदान गर्ने व्यक्तित्वको सम्मान साथै सामाजिक कार्यमा सक्रिय व्यक्तित्वहरूलाई समेत सम्मान गरिएको छ। समारोहमा संस्थापक अध्यक्ष प्रसाईलाई जिल्लास्थित विभिन्न राजनीतिक दल सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधि बैंक तथा वित्तीय संस्थाका प्रमुख तथा प्रतिनिधि तथा सयौंको संख्यामा सर्वसाधारण शुभचिन्तकहरुले ससम्मान सहित शुभकामना अर्पण गर्नुभएको थियो। संस्थापक अध्यक्ष परसाईको दुईमुवा नन्दकुमारी प्रसाई जोगमाया प्रसाई दुई भाइ चार दिदीबहिनीको साथमा एक छोरी र एक छोरा रहनुभएको छ ।
कार्यक्रम लाई भव्य र सभ्य रूपमा सम्पन्न गर्नका निमित्त उपस्थित हुनुभएका शुभचिन्तकहरूले शुभकामना दिँदै सबैले भोलिको फाइदा हेरेर काम गर्ने गरेकोमा नेष्डो नेपालले भने इतिहासलाई सम्झेर सम्मान गर्नु शरणीय पक्ष भएको बताउनुभएको थियो। २०४६ सालको जनआन्दोलनको स्मरण गर्दै उक्त आन्दोलनमा मेस्टो नेपालका संस्थापक अध्यक्ष राजनीतिक एवं सामाजिक व्यक्तित्व डा. विश्व प्रकाश प्रसाईको महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।
अध्यक्ष डक्टर प्रसाईले आफ्नो जन्मदिनको अवसरमा शुभकामना र आशीर्वाद दिनुहुने सबैप्रति संस्था र आफ्नो व्यक्तिगत तर्फबाट आभार व्यक्त गर्नुभएको छ। स्थापना दिवस तथा शुभ जन्मोत्सव सप्ताह संस्थाले हरेक दिन सामाजिक कार्यमा सक्रिय रहेको सम्पन्न गरेको छ । सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल मुस्ताङको कागबेनी मार्फत सतहव्यापी कार्यक्रमको शुभारम्भ गरिएको थियो। दोस्रो दिन मुक्तिक्षेत्र मुक्तिनाथको दर्शन गरी रानीपौवामा न्यानो कपडा वितरण तथा बेनीको गलेश्वर जेष्ठ नागरिक आश्रममा खाद्यान्न सामग्री सहयोग गरी दोस्रो दिनको कार्यक्रम समापन गरिएको थियो । सप्ताहव्यापी कार्यक्रमको तेस्रो दिन पोखरा १७ बिरौटा स्थित श्रीराम मन्दिरमा आश्रित रहनुभएका आमा बुवाहरूको पूजन गरी पोखरा २० भलाममा रहेको जेष्ठ नागरिक आश्रममा खाद्यान्न सामग्री शुभकामना आदानप्रदान एवं ज्येष्ठ नागरिक सम्मान गरी समापन गरिएको छ। कार्यक्रमको चौथो दिन राममन्दिर कुश्मा बजार पर्वतमा अष्ट चिरञ्जीवी पुजा सम्पन्न गरियो । कार्यक्रमको पाँचौ दिन महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान, नदिपुर पोखरामा अन्तर साधक शुभकामना आदानप्रदान कार्यक्रम तथा शुभ आशिष ग्रहण कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रमको छैठौं दिन पोखराको रोयल पार्टी प्यालेसमा विशिष्ट व्यक्तित्व सम्मान गुरुपूजन एवं माता पूजन सहित विविध कार्यक्रम गरेर भव्य रुपमा कार्यक्रम सम्पन्न गरे पश्चात कार्यक्रमको सातौं तथा अन्तिम दिन पर्वतको कुश्मा बजारमा रहेको रोयल कुस्मा रिसोर्टमा शुभ जन्मोत्सव विशेष शुभकामना आदानप्रदान सञ्चालक समितिको पदस्थापना व्यक्तित्व सम्मान मानवीय सहयोग एवं सप्ताह समापन समारोहसँगै ३२औँ स्थापना दिवस एवं संस्थापक अध्यक्ष डा प्रसाईको ५५औ शुभ जन्मोत्सव सप्ताह २०८३ समापन गरिएको छ। समापन समारोहमा दशौं अधिवेशनबाट अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएका जितबहादुर नेपाली , उपाध्यक्ष प्रेम प्रसाद पौडेल, महासचिव हिरा कुमारी हमाल,सचिबमा सुस्मा प्रसाइ, कोषाध्यक्ष खिममाया पाइजा गिरि सदस्यमा होमबहादुर पुर्जा पुन सहित नवनिर्वाचित संस्थाका पदाधिकारीहरुलाई शपथ ग्रहण शुभकामना आदानप्रदान एवं पद हस्तान्तरण कार्यक्रम समेत सम्पन्न गरिएको छ। संस्थाका निवर्तमान अध्यक्ष रत्नप्रसाद अधिकारीको अध्यक्षता महासचिव प्रेमप्रसाद पौडेलको स्वागत , आजीवन सदस्य एवं संस्थाका नवनिर्वाचित सचिब सुष्मा प्रसाईको सञ्चालनमा सम्पन्न कार्यक्रममा संस्थाका आजीवन सदस्य अनिता सोतिले संस्थागत प्रतिज्ञा गर्नुभएको थियो।