बिहिबार, बैशाख २४, २०८३
Thursday, May 7, 2026
Home Featured News गण्डकीमा बढ्यो गाडी भाडा

गण्डकीमा बढ्यो गाडी भाडा

by sambridhaonline

बैशाख २४ पाेखरा – गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी र ढुवानीका साधनको भाडा बढाएको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले बुधबारदेखि लागू हुने गरी भाडा समायोजन गरेको हो ।

यसअघि २०७८ फागुन १ गते नयाँ भाडादर लागू भएको तर यस अवधिमा भाडा समायोजन नगरिएको भन्दै यातायात व्यवसायीले आलोचना गरेका थिए ।मन्त्रीस्तरीय निर्णयपछि पोखरा उपत्यकामा चल्ने नगर बस, लामो दूरीका बस, ट्याक्सी र मालवाहक ट्रकको भाडा बढेको हो । बजारको महँगी र इन्धनको मूल्यवृद्धिलाई मध्यनजर गर्दै वैज्ञानिक आधारमा भाडा समायोजन गरिएको भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री गोविन्द नेपालीले बताउनुभयाे । मन्त्री नेपालीका अनुसार इन्धनको मूल्य र वैज्ञानिक भाडा समायोजनको मापदण्डलाई टेकेर नयाँ दर तोकिएको र विद्युतीय गाडीको भाडा भने बढाइएको छैन् ।

नगर बसमा ३ किलोमिटरसम्मको न्यूनतम भाडा २० बाट बढाएर २४ रुपैयाँ पु¥याइएको छ । ३ किलोमिटरभन्दा माथिको दूरीमा प्रतिकिलोमिटर ३ रुपैयाँ तोकिएको छभने पेट्रोलबाट चल्ने ट्याक्सीको सुरुवाती शुल्क ८० नै कायम गरिएको छ ।

दिउँसोमा चल्ने ट्याक्सीले प्रति २०० मिटरको भाडा १० बाट बढाएर ११ कायम गरिएको छ भने १५ किमीभन्दा माथि गुड्दा प्रतिकिलोमिटर ४३ रुपैयाँ तोकिएको छ । रातीको समयमा सुरवाती शुल्क ८० नै कायम छ भने प्रति २ सय मिटरमा १७ रुपैयाँ तोकिएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ट्याक्सीलाई पनि छुट्टै भाडादर तोक्दै सुरुवाती शुल्क ८० र प्रति २ सय मिटरको १२ रुपैयाँ तोकिएको छ । रात्रिकालीन सेवामा भने नियमित ट्याक्सी सरह नै प्रति २ सय मिटर १७ रुपैयाँ लाग्नेछ ।

लामो दुरीको यात्रुवाहक बसलाई प्रतिकिलोमिटर ३.९ बाट बढाएर ४ रुपैयाँ पु¥याइएको छ । जीपले प्रतिकिलोमिटर ७ रुपैयाँ लिन पाउने छन् । यसअघि यो शुल्क ५.५ रुपैयाँ थियो । सामान ढुवानी गर्ने ट्रकको भाडा प्रतिकिलोमिटर प्रतिटन ११.७२ बाट बढाएर १५ रुपैयाँ तोकिएको छ ।

मन्त्रालयका अनुसार प्रदेशभित्र सञ्चालन हुने यात्रुवाहक तथा मालवाहक विद्युतीय सवारी साधनको हकमा भने २०७८ फागुन १ गतेकै भाडादर लागू हुनेछ ।

त्यसैगरी यात्रुले १५ केजीसम्म सामान निःशुल्क लैजान पाउने र सोभन्दा बढी लिँदा थप १० केजीसम्म सामानको प्रति केजी ५ का दरले शुल्क लाग्ने व्यवस्था गरिएको छ ।

You may also like

Leave a Comment

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline