बुधबार, साउन १३, २०८३
Wednesday, July 29, 2026
Home Featured News विश्वकप फुटबलको क्वार्टरफाइनल समीकरण पूरा

विश्वकप फुटबलको क्वार्टरफाइनल समीकरण पूरा

by sambridhaonline

असार २४ ,पोखरा – फिफा विश्वकप फुटबलको क्वार्टरफाइनल समीकरण पूरा भएको छ । क्वार्टरफाइनलमा फ्रान्सले मोरक्कोसँग, स्पेनले बेल्जियमसँग, नर्वेले इङ्गल्यान्डसँग तथा साबिक विजेता अर्जेन्टिनाले स्विट्जरल्यान्डसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

क्वार्टरफाइनलको पहिलो खेलमा फ्रान्स र मोरक्को नेपाली समयअनुसार भोलि बिहीबार मध्यराति पौने २ बजे खेल्दैछन् । दोस्रो क्वार्टरफाइनलमा स्पेन र बेल्जियमबीच शुक्रबार राति पौने १ बजे प्रतिस्पर्धा हुनेछ । स्पेनले अन्तिम–१६ मा पोर्चुगललाई १–० ले हराउँदै क्वार्टरफाइनल यात्रा तय गरेको हो । बेल्जियमले अमेरिकालाई ४–१ गोलले हराएको थियो ।

तेस्रो क्वार्टरफाइनलमा पहिलो पटक विश्वकपमा आमनेसामने हुन लागेका नर्वे र इङ्ग्ल्यान्डबीच शनिबार राति पौने ३ बजे खेल हुनेछ । अनि अन्तिम क्वार्टरफाइनलमा साविक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्डबीच आइतबार बिहान पौने ७ बजे खेल हुनेछ ।

आज बिहान भएको खेलमा स्विट्जरल्यान्डले कोलम्बियालाई पेनाल्टीमा ४–३ ले हराउँदै अन्तिम आठमा स्थान बनाएको हो भने गएरातिको खेलमा अर्जेन्टिनाले इजिप्टलाई ३–२ ले हराएर क्वाटरफाइनलमा पुगेको हो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline