आइतवार, अशोज ४, २०८३
Sunday, September 20, 2026
Home Featured News स्याङ्जाको आँधीखोलामा ऋषिपञ्चमी नुहाउनेक्रममा खोलाले बगाउँदा एक महिलाको ज्यान गयो

स्याङ्जाको आँधीखोलामा ऋषिपञ्चमी नुहाउनेक्रममा खोलाले बगाउँदा एक महिलाको ज्यान गयो

by sambridhaonline

भदौ ३० , पोखरा – स्याङ्जाको आँधीखोलामा आज ऋषिपञ्चमीको अवसरमा नुहाउनेक्रममा एक महिलाको ज्यान गएको छ । वालिङ नगरपालिका–९ भूम्रेकि ५३ वर्षीया माया पाण्डेको शव भेटिएको वडा प्रहरी कार्यालय वालिङका प्रहरी नायब उपरीक्षक प्रताप पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार भूम्रेको आँधीखोलामा नुहाउने क्रममा बिहान पाण्डेलाई खोलाले बगाएको थियो ।

वडा प्रहरी कार्यालयको टोली, जनप्रतिनिधि र स्थानीयवासीन्दाले खोजी गर्ने क्रममा झण्डै चार किलोमिटर टाढा वालिङ–१३ शान्तिघाटमा ढुङ्गामा अड्किएको अवस्थामा शव भेटिएको प्रहरीको भनाइ छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline