शनिबार, मंसिर १३, २०८३
Saturday, November 28, 2026
Home Featured News पोखराको लेकसाइडमा ‘अपरेसन सभ्यता’ : बुधबारदेखि शुक्रबारसम्म अवैध गतिविधिमा संलग्न ४४ जना नियन्त्रणमा

पोखराको लेकसाइडमा ‘अपरेसन सभ्यता’ : बुधबारदेखि शुक्रबारसम्म अवैध गतिविधिमा संलग्न ४४ जना नियन्त्रणमा

by sambridhaonline

कार्तिक २८, पाेखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइड क्षेत्रमा सञ्चालन गरिरहेको ‘अपरेसन सभ्यता’अन्तर्गत गत बुधबारदेखि शुक्रबारसम्ममा अवैध गतिविधिमा संलग्न ४४ जनालाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अगाडि बढाइएको छ । मादक पदार्थ सेवन गरी झैझगडा गर्ने २८, मादक पदार्थ सेवन गरी होहल्ला गर्ने छ, प्रहरीसँग झैझगडा र वादविवाद गर्ने पाँच, हतियार लिई हिँड्ने दुई, महिला तथा बालबालिकामाथि दुव्र्यवहार गर्ने दुई र झण्डीबुर्जा खेलाउने एक जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रामजी देवकोटाका अनुसार सोही अवधिमा ८१ वटा सवारीसाधनलाई नियन्त्रणमा लिई कारबाही गरिएको छ । तीमध्ये ५७ जना सवारीसाधनका चालकलाई मादकपदार्थ सेवन गरेको अवस्थामा र एक जना सवारीचालकलाई अन्य ट्राफिक कारबाही गरिएको उहाँले जानकारी दिनुभयाे । २३ वटा सवारीसाधनलाई वडा प्रहरी कार्यालय, बैदाममा राखी थप अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाइएको हो । पोखरा महानगरपालिका–६ स्थित लेकसाइड क्षेत्रमा पछिल्लो समय बढ्दै गएका अवैध गतिविधि नियन्त्रणका लागि प्रहरीले यही कात्तिक १८ गतेदेखि ‘अपरेसन सभ्यता’ सुरू गरेको थियो ।

उक्त अपरेसनअन्तर्गत हालसम्म १४० जना व्यक्ति र २९३ वटा सवारीसाधनलाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । झैझगडा, आपसी विवाद, पर्यटकलाई दुव्र्यवहार गर्नेजस्ता अनैतिक तथा अवाञ्छित गतिविधिका कारण लेकसाइड क्षेत्रको पर्यटकीय छविमा आँच पुगेको र शान्तिसुरक्षामा खलल पुगेको जनगुनासो बढेपछि विशेष प्रहरी अपरेसन ‘अपरेसन सम्भयता’ सुरु गरिएको हो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline